RUMPUM
animated ellipse animated ellipse

अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने–उपप्रधानमन्त्री पोखरेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०७५, बिहीबार १५:५४
3
Shares
विराटनगर / वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको उपप्रधान एवं रक्षामन्त्री ईश्वरप्रसाद पोखरेलले वताए ।

आज विराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टर मोरङले संयुक्त रुपमा ं आयोजि पत्रकार सम्मेलनमा उनले सो कुरा वताएका हुन् ।

उनले विगतमा सरकारले सरकार सञ्चालनमा दूरभाग्य सिलसिला व्यहोेरेकोले अवको सरकार यस्तो दूरभाग्य नव्यहोर्ने भन्दै सरकारले घोषित गरेको नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउने विचार व्यक्त गरे । दुई तिहाई बहुमतको सरकारले मुलुकमा लोकतन्त्र,आर्थिक विकास र समृद्धिका निम्ति इमान्दारीपूर्वक काम गर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले बोलेका कुराहरु पूरा गराउँन चुनौती पनि रहेको धारणा राखे ।

संविधान संशोधनीय दस्तावेज भएकोले संसदीय अभ्यास, औचित्यको आधारमा संशोधन हुने वताउँंदै उपप्रधानमन्त्री पोखरेलले भने राजनीतिक स्थिरता कायम गर्न पनि मुलुकमा बहुमतको सरकारको आवश्यकता रहेको थियो ।

निकट भविष्यमा तराई तथा पहाडमा आउने बाढी र पहिरो कारण हुने जनधनको क्षति रोक्न सरकार पूर्ण रुपमा तयारी अवस्थामा रहेको वताउंँदै उपप्रधानमन्त्री पोखरेलले विपद व्यवस्थापन गर्न सरकारसंग उपलब्ध सबै श्रोत परिचालन गर्ने कुरामा समेत जोड दिए । अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले नेपाली सेना सैनिक ऐन २०६३ र नियावलीको आधारमा चलिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर