RUMPUM
animated ellipse animated ellipse

विविधताको सम्मान गर्नुहोस– प्रधानमन्त्री ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ जेष्ठ २०७५, शनिबार २०:२९
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशमा विकाशका प्रचुर सम्भावना रहेकाले त्यसलाई समुचित रुपमा उपयोग हुनेगरी प्रदेश सरकारले योजना बनाउनु पर्ने बताएका छन् ।

१ नम्वर प्रदेशको प्रदेशसभालाई आज सम्वोधन गर्दै प्रधानमन्त्रीले एक नम्बर प्रदेश आर्थिक समाजिक तथा भाौगालिक रुपले सवैभन्दा उपयुक्त विविधताले भरिएको प्रदेश रहेको बताए । उनले प्रदेशको विविधतालाई सम्मान गर्न पनि आग्रह गरेका छन् ।

हिमाल, पहाड र तराई जोडेर बनेको विविधतालाई कसैले तोडुन नसक्ने उनको भनाई छ । प्रधानमन्त्री ओलीले सम्वृद्ध नेपाल सुखी नेपाली बनाउन सरकारले सोही अनुसार कार्यक्रम आफनो नीति तथा कार्यक्रम र बजेटमा प्रस्तुत गरेको बताए ।

सुशासन र भ्र्रष्टाचार निर्मुलपार्न सरकारको प्रमुख लक्ष्य भएको बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार आफुले कहिले नगरेको र आफुले सरकारको नेतृत्व रहुञ्जेल भ्रष्टाचार गर्नेको मुख समेत नहेरी कारवाही गरिने बताए ।

उनले अब स्थायी सरकार बनेकाले जनताले पनि मुलुकमा सुशासन र भ्रष्टाचार निर्मुल होस भन्ने चाहेकाले जनताको चाहनालाई सम्मान गर्दै अब सहि दिशाबाट अगाडी बढाउने अभियानमा आफु लागि सकेको बताए । उनले महत्वपूर्ण र जनताले रोजेको योजनाका आधारमा संघिय सरकारले त्यस्ता योजनामा बजेट विनियोजित गर्न तयारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर