RUMPUM
animated ellipse animated ellipse

जनप्रतिनिधी आएपछि सुधार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७५, शुक्रबार १८:०६
3
Shares
विराटनगर/स्थानीय तहको नेतृत्वमा जनप्रतिनिधिहरु पुगेपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिस्तारै सुधार हुदै गएको सरोकारवालाहरुले बताएका छन् ।

आज जागरण नेपालले आयोजना गरेको सेवा प्रदायक र सरोकारवाला संघ संस्था बिच जिल्ला स्तरीय परामर्श कार्यसाला गोष्ठीमा सहभागीहरुले जनप्रतिनिधहरु आाएपछि बिस्तारै सुधार हुन थालेको बताएका हुन् ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका रामनन्द यादवले स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा सुधार देखिएको बताए । जिल्ला शिक्षा समन्वय ईकाई मोरङका दिब्यराज कट्टेलले शिक्षा क्षेत्रमा पनि सुधार देखिन थालेको बताए । जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत सरोज गौतमले जनप्रतिनिधिहरु बिकास निर्माणका काममा पनि सुधार आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर