RUMPUM
animated ellipse animated ellipse

वाट्सनको कीर्तीमान ब्याटिङले धोनीको चेन्नईलाई आइपीएलको तेस्रो उपाधी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ जेष्ठ २०७५, आईतवार २३:२८
3
Shares
विराटनगर / सेन वाट्सनको कीर्तीमानी सतकले इन्डियन प्रिमियर लिग आइपीएलको हेन्द्रसिंह धोनीको टिम चेन्नइ सुपर किंग्सले तेस्रो पटक उपाधी हात पारेको छ । जितसँगै चेन्नइले २० करोड भारू (३२ करोड रुपैयाँ) जितेको छ।

आइपीएलको इतीहासमा फाइनलमा कुनैपनि खेलाडीले सतक हानेको यो नै पहिलो अवसर हो । चेन्नईले मुम्बईको वानखडे स्टेडियममा भर्खरै सम्पन्न फाइनल खेलमा फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजीत गरी उपाधी हात पारेको हो । फाइनलमा

सनराइजर्स हैदरावादले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १८ दशमलव ३ बलमा २ विकेटको नौकसानीमा पार गरेको थियो । चैन्नईको जितमा अस्ट्रलीयाको पूर्व खेलाढी वाडसनले ५७ बलमा ८ छक्का र ११ चौका प्रहार गर्दै नट आउट १ सय १७ रन बनाउँदा सुरेश रैना ३२ रनमा आउट भए । त्यस्तै अम्वाती राइडु १६ रनमा नट आउट भए । हैदरावादका सन्दीप शर्मा र कार्लोस ब्रेथवेटले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङगरेको हैदरावादले ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको हो । हैदरावादकालागि कप्तान केन विलियम्सनले ४७ रन बनाउँदा युसुफ पठानले नट आउट ४५ रन बनाएका थिए। त्यस्तै शिखर धवनले २६ रन , शकिव अल हसनले २३ रन र कार्लोस ब्रेथवेटले २१ रन बनाएका थिए । चेन्नइका लागि लुंगी निगिदी, शार्दुल ठाकुर, करण शर्मा, डुवान ब्राभो र रवीन्द्र जडेजाले एक–एक विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर