RUMPUM
animated ellipse animated ellipse

यस्तो छ अदाल समक्ष गोरेको ३७ पृष्ठको बयान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ जेष्ठ २०७५, आईतवार २०:२६
3
Shares
विराटनगर / करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पुर्पक्षको लागि जेल चलान भएका छन ।

जिल्ला अदालत मोरङमा लिइएको ४ दिनको बयान र आइतबारको थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत, मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजालसले उनलाई कारागारमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । चार दिन लगाएर ३७ पृष्ठको बयान आज दिउँसोसम्म गारेले अदालत समक्ष बयान दिएपछि सोही दिन थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको जिल्ला अदालत मोरङका निमिक्त श्रेस्तेदार केदार प्रसाद गौतमलले जानकारी दिए ।

गोरेलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ देहाय २ का आधारमा पूर्वपक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतले जनाएको छ । शनम शाक्यलाई यातना दिएको श्रव्यदृश्य, पक्राउ परको अन्य अभियुक्तहरुको बयान र गोरेकै बयानका आधारसहितको प्रमाणमा उनलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

बयान सकिएपछि सरकारी वकिलका तर्फबाट बहस भएको थियो । बादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मोरङ विराटनगरका मुख्य न्यायाधिवक्ता पुण्यप्रसाद पाठक र सहन्यायाधिवक्ता रोहित पोखरेलले गरेका थिए ।

वादीकोतर्फबाट सरकारी वकिलहरुले बहस गरेपछि प्रतिवादी गोरेको तर्फबाट कानुन व्यवसायी यामबहादुर मगरेले गरेका थिए । मगरले गोरेको पक्षबाट ४१ मिनेट मात्र बहस गरे ।

गोरे गत ८ जेठमा काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका दिन उनलाई हवाइ मार्गबाट विराटनगर ल्याएर सोही दिन अबेर जिल्ला अदालत मोरङ पेस गरिएको थियो । कडा सुरक्षाकर्मी परिचालन गरी गोरेको बन्द इजालसमा बुधबारदेखी बयान लिन सुरु भएको थियो । उनको बयान सकिन चार दिन लागेको हो ।

संलग्नता स्वीकार
गोरेले अदालतसमक्ष दिएको बयानमा सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन । तर, आफू नाइके नभएको उनको दावी छ । ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् ।

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र भएको जिकिर गरेका छन् । उनका अनुसार छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाउने गरेका थिए । सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने उनले बताएका छन ।

खत्रीको सहयोगमा ४ सय केजी सुन भित्रियो
गोरेले अदालतमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बयान दिएका छन । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले दुबईबाट भरियामार्फत झोलामा सुन आएपछि भरियालाई प्रहरीले पास उपलब्ध गराउने र चेकजाँच नभई सुन खत्रीको कोठामा पुगेर बाहिरिने गरेको बताएका छन ।

गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर लयाउँथे । खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको भन्दै उहाँले उनकै सहयोगमा ५ सय किलोसम्म सुन आएको गोरेले बयानमा स्वीकार गरेका छन ।

गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो । खत्री अहिले फरार छन । छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए ।

उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ । उनी तिनै प्रहरी अधिकारी हुन, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।

प्रहरीसँगको डिलपछि भारत भागेंः गोरे
गोरेले प्रहरीसँग शव लुकाउने ‘डिल’ भएपछि भारत छिरेको खुलाएका छन । बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका छन ।

गोरेका अनुसार उनले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेको र उनले अरु हाकिमसँग कुरा गरेपछि शव व्यस्थापन गर्न डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ आएको बताएका छन ।

बाटोमा डिएसपी केसीले फोन गरेर लास व्यवस्थापन गरिदिएवापत २ करोड रुपैयाँ पैसा माग गरेको गोरेले बताएका छन । सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो, उनी भन्छन, ‘त्यसवापत प्रहरीलाई २ करोड दिने कुरा भएको थियो ।’

तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ, उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर