RUMPUM
animated ellipse animated ellipse

वेतना सिमसार व्यवस्थापनका लागी ४८ करोडको गुुरु योजना सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ जेष्ठ २०७५, शुक्रबार १९:२९
3
Shares
कुुमोद अधिकारी
विराटनगर / पूर्वको महत्वपुुर्ण पर्यटकीय स्थलको रुपमा चिनिने वेतना सिमसार विस्तार एंव व्यवस्थित हुुने भएको छ । ४८ करोडको लागतमा वेलवारीमा रहेको उक्त सिमसार व्यवस्थित गर्न लागिएको हो । वेतना सिमसार सामुुदायिकवनले २० वर्षे गुुरुयोजना सावर्जनिकगर्दे सो कुुराको जानकारी गराएको हो ।

योजना अनुुसार चिडिया घर निर्माण, घडियाल प्रजनन केन्द्र, आर्किड गार्डेन,हार्वोरियन तयारी व्यवस्थापन,पोखरी तथा चिल्ड्रेन पार्क , पिकनिक स्र्पोट निमाण गरिने भएको छ । त्यस्तै राजमार्गको दक्षिणक्षेत्रमा समेत सिमसार विस्तारगरी कछुुवा प्रजना केन्द्र, चरागुुड निमार्ण, क्यानल निमार्ण, भुुमिगत विद्युुत तथा पानी व्यवस्थापनको कामलाई समेत अगाडी वढाइने छ ।

त्यस्तै सिंचित वनाउँन विभिन्न प्रजातीका वनस्पती रोपण, भुुक्षय नियन्त्रण , रिर्चाज पोखरी तथा संरक्षण पोखरी निमार्ण, पानीको मुुहान साथै पुुरातान्विक सम्पदाको समरंक्षणलाई योजनामा समेटिएको छ ।
२०७२ सालमा सामुुदायिक वनलाई सिमसार हस्तान्तरण गरिएको थियो । १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार अहिले तिनवटा खण्डमा विभाजित छ । ७७ प्रतिशत भाग वाझोपर्ति , झण्डै १३ प्रतिशत भाग हिलो दलदलले तथा ९ दशमलव ४८ प्रतिशत भाग पानीले ढाकेको छ ।

प्रत्येक वर्ष सिमसारमा आउने पर्यटकहरु समेत उल्लेखनीय रुपमा वृद्धि भईरहेको छ । गतवर्ष २ लाख ३ हजार ५ सय आन्तरिक तथा वाह्रय पर्यटक सिमसार घुुम्न आएको वेतना सिमसार सामुुदायिकवनका अध्यक्ष डम्वर वस्नेतले जानबारी दिए । त्यसवाट गतवर्ष १ करोड ११ लाख रुपैया राजस्व संकलन भएको समेत उनले जनाए । एक दिनमा ८ हजार ३ सय पर्यटकहरुले समेत सिमसार अवलोकन गरेको तथ्यांक रहेको छ ।

गुुरुयोजना सम्वन्धमा एकिकृत डिजाइन तथा इस्टिमेन्टमा समितिले तिव्र रुपमा छलफल गरिरहेको छ । केन्द्र तथा प्रदेशको मन्त्रालय , सरोकारवाल सरकारी कार्यालय , सिमसार विज्ञ तथा स्थायिन तहका प्रमुुख र सर्वसाधारणहरुसंग समेत छलफल अगाडी वढाएको वस्नेतले वताउनुुभयो । छलफल कार्यक्रमा वेलवारी नगरपालिकाका प्रमुुख ज्ञानेन्द्र सुवेदीले सिमसारको सिमसारलाई विस्तार एंव व्यवस्थितगर्न नगरपालिकाको सक्दो सहयोग गर्ने वताए ।

सिमसारमा ५८ प्रजातीका चरा, लोपउन्मुुख प्राणि ४ प्रकारका , कछुुवा ४ प्रकारका तथा १० प्रकारका माछा रहेका छन । सिमसारमा पर्यटकको मनोरंजनका लागी तलाउमा डुुंगा समेत संचालनमा ल्याइएको छ । सिमसारमा एक नम्वर प्रदेशवाट मात्र नभएर भारतवाट समेत पर्यटकहरु घुुम्न आउने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर