AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिन टायरको डेल्टा टायर आजदेखि बजारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० चैत्र २०७४, शुक्रबार १५:३०
3
Shares
विराटनगर,३० चैत/ ग्रिन टायर प्रालिले उत्पादन गरेको डेल्टा टायर बजारमा आएको छ । आज कम्पनीले एक कार्यक्रमको आयोजना गरी डेल्टा टायर बजारमा आएको जानकारी दिएको हो ।

नेपालको विशाल उद्योग ग्रुपको ग्रिन टायर प्रालि र भारतको फ्युचर टायर उद्योग प्रालिकोे रु ५० करोड संयुक्त लगानीमा मोटरसाईकल, स्कुटर, इ–रिक्सा , तीन चक्के ट्याम्पो र ट्रयाक्टर अगाडीको टायर ट्रयूवलेश टायर उत्पादन गरि सार्वजनिक गरेको हो ।

मोरङको कटहरीमा स्थापित उद्योगले बार्षिक दुईलाख टायर उत्पादन क्षमता राखेको कम्पनीका निर्देशक विनित सिंघानियाले जानकारी दिए । नेपालमा नै उत्पादन भएको टायर गुणस्तरीय भएको बताउँदै निर्देशक सिंघानियाले आगामी दुई बर्ष भित्र चार लाख टायर उत्पादन गर्ने लक्ष्य भएको जानकारी दिए ।

कम्पनीले चार बर्ष भित्र बार्षिक छ लाख टायर उत्पादन गर्ने लक्ष्य राखेको छ । ५ वर्षभित्र वस, ट्रक, स्काईभेटरलगायत सम्पूर्ण यातायात साधानको टायर उत्पादन गर्ने लक्ष्य लिएको उद्योगका निर्देशक सिंंहानियाले जानकारी दिए ।

भारतको फ्यूचर ग्रुपले सिएट नाममा टायर उत्पादन गर्ने गरेकोमा आगामी छ महिना भित्र उक्त कम्पनीको सहमतीमा व्राण्ड नेम प्रयोग गरी ग्रीन टायरले आफ्नो उत्पादन भारत निर्यात गर्ने निर्देशक सिंघानियाले जानकारी दिए ।उद्योगमा नेपाली लगानीकर्ताको ६५ प्रतिशत र भारतीयको ३५ प्रतिशत लगानी रहेको छ।

टायर उत्पादनका लागि भारत, उडडोनेशिया, सिंगापुर र अफ्रिका ग्यावोनवाट ८२ किसिमका उच्च स्तरीय कच्चा पदार्थ आयात गर्ने गरेको निर्देशक सिंहानियाले वताए । उद्योगवाट उत्पादन हुने टायर भारतीय तथा तेश्रो मुलुकवाट आयात हुने कम मूल्य र उच्च गुणस्तरको हुने कम्पनीले जनाएको छ । छिमेकी भारतका उत्तरपूर्वी प्रदेश,पश्चिम वंंगाल, विहार र उत्तर प्रदेशमा भारतवाटै टायर उद्योग नभएकाले विक्री वितरण गर्न अन्य स्थानवाट ढुवानी महंगो पर्ने भएको नेपाली टायर सस्तो र उच्च गुणस्तरको हुनाले भारतीय ग्राहकको माग भै निर्यात हुने निर्देशक सिंहानियाले विश्वास व्यक्त गरे ।

नेपालमा वार्षिक १२ लाख मोटरसाइकलको टायर र ६ लाख अन्य साना तीन चक्के सवारीको टायरको माग रहेकोमा उद्योगले ८ प्रतिशत माग पुरा गर्ने वताइयो । उद्योगवाट उत्पादित मोटरसाइकल टायरको मूल्य न्यूनतम रु १ हजार ४ सयदेखि शुरु रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर