RUMPUM
animated ellipse animated ellipse

सन्दीप पहिलो रोजाइमा पर्न सक्ने सम्भावना : प्रशिक्षक पोन्टिङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७४, बिहीबार २२:४३
3
Shares
दिल्ली, २२ चैत / दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपालका यूवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो रोजाइमा पर्न सक्ने सम्भावना बताएका छन् ।
सन्दीप एक प्रतिभावान यूवा क्रिकेटर भएको समेत बताएका छन् । आगामी शनिबारदेखि सुरु हुने आइपिएल अघि दिल्लीले आज गरेको पत्रकार सम्मेलनमा पोन्टिङले सन्दीपबारे यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकार सम्मेलनमा उपस्थित कान्तिपुर दैनिकका पत्रकार सुरेशराज न्यौपानेले सन्दीप पहिलो रोजाइमा पर्ने सम्भावनाबारे प्रश्न गरेका थिए । जवाफमा पोन्टिङले सन्दीप क्षमतावान् यूवा तथा प्रतिभावान स्पिनर रहेको बताए ।

सन्दीपले दिनभर अभ्यास गरेको र आफुलाई निखार्दै लगेको पोन्टिङको भनाइ छ ।’उनी हाम्रो टिमको राम्रा बलर हुन् । यदि कोहि खेल्न नसक्ने भएमा उनी सहि विकल्प हुन सक्छन्, ’ पोन्टिङले भने । सन्दीप चाहिएको बेला उचित वलिङ गर्ने खेलाडि भएकाले टिममा रहेका सवै खेलाडी जस्तै उनी पहिलो रोजाइमा पर्ने सक्ने सम्भावना रहेको पोन्टिङको भनाई छ ।

सन्दीपको टिम दिल्लीले पहिलो खेल आइतबार किंग्स इलावेन पञ्जावसँग खेल्नेछ। पञ्जावको घरेलु मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर