AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्घ मनायो स्थापना दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७४, बिहीबार २०:१२
3
Shares
गोपाल काफ्ले
पथरी, २५ माघ / लर्डबुद्घ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ ।

संस्थाले स्थापना दिवको अवसरमा जेष्ठ नागरिक, एकल महिला, सेयर सदस्यका छोरा छारीलाई छात्रबृदी, सेयर सदस्य भएका जनप्रतिनिधीहरुलाई सम्मान र सेयर सदस्य बृद्घि गरेने सदस्यलाई सम्मान गरेको छ ।
प्रमुख अतिथी राष्टिय सहकारी बैंकका राष्टियअध्यक्ष रमेशप्रसाद पोख्रेलले सहकारीले देशको एक भाग थामेको र अब सहकारीले कृषिमा लगानी गरि आर्थिक भार कम गर्ने बताए । उनले सहकारीमा कारण अबका दिनमा बिदेशिएका यूवा रोजगार घटाउदै जाने बताए ।

पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले सहकारीले गर्दा नगरमा ठुलो सहयोग मिलेको र आउँदा दिनमा नगरले सहकारीलाई सघाउने कार्य गर्ने बताए । उनले नगरका ८० बर्ष पुगेका वृद्घवृद्घालाई घरमै स्वास्थ उपचार गराउने र बर्षमा एक चोटि प्रदेश न १ भरिको जुनसुकै अस्पतालमा जाँदा लाग्ने एम्बुलेन्स खर्च नगरले उपलब्ध गराउने बताए ।

२०५९ सालमा स्थापना भएको सहकारीमा हाल सम्म १३३५ सेयर सदस्य रहेका छन जस्मा महिला ७ सय ६४ र पुरुष ५ सय ७१ रहेका छन । संस्थाको सेयर पुजि १ करोड ६ लाख २९ हजार र जगेडा कोषमा २० लाख ५९ हजार ३६ रहेको प्रतिबेदनमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर