RUMPUM
animated ellipse animated ellipse

पत्रकार लुइँटेल र साहित्यकार सुवेदी सम्मानीत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७४, शनिबार १८:३१
3
Shares
विराटनगर, २९ पुस / कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसरमा विराटनगरमा पत्रकार र साहित्यकारलाई सम्मान गरिएको छ ।

शिरोमणि पुस्तकालयले कवि शिरोमणिको १ सय ३३ औं जन्मजयन्तिको अवसरमा आज आयोजना गरेको कार्यक्रमकाबीच पत्रकारिताको क्षेत्रबाट अन्नपूर्ण पोस्टका ब्युरो प्रमुख कुमार लुइँटेल र साहित्यकार दिनेशराज सुवेदी ‘दिङलाली कान्छो’लाई सम्मान गरिएको हो ।
दुबैलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली,स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र संस्थाका सभापति बालकृष्ण निरौलाले खादा,माला,दोसल्ला र सम्मानपत्रले सम्मानित गरे ।

पत्रकार लुइँटेललाई पत्रकारिताको माध्यमबाट समाजमा लामो समयदेखि योगदान पु¥याएकोले सम्मान स्वरुप शिरोमणि पत्रकारिता सम्मान र तीन दसकभन्दा लामो समयदेखि साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दिङलाली कान्छोलाई शिरोमणि सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । त्यस अवसरमा कवि–कवयत्रीले कविता वाचनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर