RUMPUM
animated ellipse animated ellipse

इटहरीमा दोेस्रो एसीसी स्पोर्टस मिट सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ मंसिर २०७४, बिहीबार १६:५८
3
Shares
सुनसरी,२८मंसिर / निजी बिद्यालय समन्वय समिती इटहरीको आयोजनमा आजदेखिदोस्रो एसीसी स्पोर्टस मिट सुरु भएको छ ।

क्षेत्रिय रंगशालामा सुरु भएको स्पोर्टस मिटमा इटहरी क्षेत्रका ५० वटा निजी बिद्यालयहरुको सहभागिता रहेको छ । स्पोर्टस मिटको एक कार्यक्रमका बिच राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले उद्धघाटन गरे ।

एक हप्ता सम्म चल्ने सो स्पोस्र्टस मिटमा फूटबल, भलिबल, क्र्रिकेट र एथलेटिक्सलगायतका खेलहरु हुनेछन ।

बिद्यार्थीको शारिरीक र मानसिक बिकास बृद्धीका लागी खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले यस प्रकारका खेलकुद महोत्सव आयोजना गरिएको आयोजक निजी बिद्यालय समन्वय समिती इटहरीका उपाध्यक्ष जीब गुरागाइले जानकारी दिए ।

औपचारिक रुपमा आज उद्धघाटन गरिएको स्पोर्टस मिटमा भोलीदेखि फूटबल, भलिबल, क्रिकेट र एथलेटिक्सका खेलहरु सुरु हुने गुरागाइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर