RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा युवकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०७४, शनिबार ०८:४६
3
Shares
उर्लाबारी, १४ असोज /मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १ ह ९७२५ नम्बरको अटो ट्याम्पु आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार उर्लाबारी–२ का १८ वर्षीय ग्यालजङ तामाङको मृत्यु भएको हो ।

राति साढे ९ बजे भएको दुर्घटनामा परेर गम्भीर घाईते तामाङको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा ट्याम्पुमा सवार सोही ठाउँका १८ वर्षीय सुशन ओझा, २१ वर्षीय सुजन ढकाल र २१ वर्षकै प्रशान्त अधिकारी घाइते भएकाले उनीहरुको अरनिको अस्पतालमै उपचार भइरहेको छ ।

  • दुर्घटनापछि ट्याम्पु चालक उर्लाबारी–३ का ४८ वर्षीय भीमराज खड्का फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार