RUMPUM
animated ellipse animated ellipse

धरान भेट्रान सेमिफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७४, मंगलवार २१:३७
3
Shares
विराटनगर, ३ असोज / विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगितामा सुनसरीको धरान भेट्रान क्लब विजयी हँुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत आजको खेलमा धरानले आयोजक सीएमजी स्वास्थ्य क्बललाई ३–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक रहेको खेलको पहिलो हाफमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएको थियो । दोस्रो हाफमा आयोजकले गोलका खासै अवसर नपाउँदा र पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पाहुना टिम धरानलाई खेल सुम्पन्न प¥यो । दोस्रो हाफमा धरानले २ गोल गरेको थियो । धरानका लागि सुरज राईले २ र राकेश राईले १ गोल गरेका थिए । आयोजकका लागि एकमात्र सान्तवना गोल शम्भु धिमालले गरे ।

खेलको ८ औं मिनेटमा धरानका राकेश राईले डिबक्स भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । १२ औं मिनेटमा आयोजकका बुद्धि दराई गोल गर्न चुके । उनले फितलो प्रहार गर्दा गोलरक्षकले सहजै समाते । २२ औं मिनेटमा आयोजकका शम्भु धिमालले वान टचमा गरेको प्रहार पोल नजिकैबाट बाहिरीयो । ३० औं मिनेटमा आयोजकका शम्भु धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए । ४३ औं मिनेटमा धरानका सुरज राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले कर्नर नजिकबाट राकेश राईले दिएको क्रसपासमा गोल गरे । ५३ औं मिनेटमा आयोजकका रुद्र लामिछानेले डिबक्सभित्र धरानका सुरज राईलाई फउल गरेपछि पाएको पेनाल्टीमा सुरजले गोल थप्दै जित सुनिश्चित पारे ।

खेलको म्यान अफ द म्याच धरानका सुरज राई घोषित भए । प्रतियोगिताको बुधबारको खेल विराटनगरको हाम्रो भेट्रान क्लब र विर्तामोड भेट्रान क्लबीच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार