RUMPUM
animated ellipse animated ellipse

न्यायमा पहुच पुर्याउन अन्र्तक्रिया कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०७४, बुधबार ०८:३२
3
Shares
विराटनगर, २० भदौ / हिंसामा प्रभावित महिलाहरुलाई न्यायमा पहुच पुर्याउने उद्देश्यले एक दिने अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

ओरेक नेपाल, महिला मानव अधिकार सञ्जाल र हिंसा प्रभावित महिलाहरुको सञ्जालको संयुक्त आयोजनामा विराटनगरमा अन्तक्रिया कार्यक्रम भएको हो ।
हिंसा प्रभावित महिलाले के कस्था अभावका कारणले न्याय प्राप्त गर्न सकेका छैन र उनीहरुको समस्या उठान गर्न अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको बताइएको छ । कार्यक्रममा हिंसा प्रभावित महिलाहरुले घरेलु हिंसा र सम्बन्ध विच्छेदले बालवालिमा ठुलो समस्यामा परेको बताए । उनीहरुले बालप्रेम विवाहले मानिसक समस्यामा निम्तयाएको बताए ।

कार्यक्रममा सुनसरी र मोरङका तीन दजर्न हिंसा प्रभावित महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिला हिंसा सञ्जालका प्रतिनिधी, सरोकारवाला, विभिन्न संघसंस्थाका प्रतिनिधहरुको उपस्थिीति रहेको थियो ।

हिंसा प्रभावित महिलाहरुको भेलाले आउँदो २७ गते विराटनगरमा जिल्ला कार्यशाला गोष्ठनी गर्ने भएको छ । भेलामा मोरङ र सुनसरीको सञ्जालका प्रतिनिधी, सरोकारवालहरुको जमघट रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर