ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपतिले कोशी अञ्चल अस्पतालको अवलोकन गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०७४, शुक्रबार १६:०८
3
Shares
विराटनगर, २७ श्रावन / आगामी श्रावन ३१ गते मंगलवार राष्ट्रपतिले कोशी अञ्चल अस्पतालको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपतिले अवलोकन गर्ने कार्यक्रम तय भएपछि कोशी अञ्चल अस्पतालले तयारी सुरु गरेको छ ।
अस्पतालले राष्ट्रपतिको सम्मानका लागि अस्पताल विकास समितिका अध्यक्ष डा. आर.एल. करवाको अध्यक्षता तथा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.रोशन पोखरेल सदस्य सचिव रहने गरी ५१ सदस्य मूल समारोह समिति गठन गरेको छ । सम्मान समारोहलाई व्यवस्थित रुपले संञ्चालन गर्न बिभिन्न उप समिति गठन गरीएको छ ।
गठित उपसमितिहरुमा डा. दिपक सिग्देलको संयोजकत्वमा सम्मानपत्र तयारी समिति, डा. सुधिर श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, डा. संगीता मिश्रको संयोजकत्वमा व्यवस्थापन उपसमिति, मञ्जु यादवको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, कमलसिंह राजवंशीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति गठन गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर