animated ellipse animated ellipse

आयोगको मुकाम कार्यालय विराटनगरमा स्थापना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०७४, आईतवार २०:२७
3
Shares
SAMSUNG CAMERA PICTURES

विराटनगर, २१ जेठ/  १ नम्बर प्रदेशको सत्य निरुपण तथा मेलमिलाप आयोगको मुकाम कार्यालय विराटनगरमा स्थपना भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरि मुकामको कार्यालय स्थपना भएको हो । कार्यालयको उद्घाटन गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चलाकुमारी झाले आयोगमा परेका १ नम्बर प्रदेशका १ हजार उजुरीको छानविन तीन महिनाभित्रमा हुने बताइन् ।

उनले ३ सदस्यीय समितिले १ हजार उजुरीको आवश्यक छानविन गरी माथिल्लो निकायमा ३ महिनाभित्र प्रतिवेदन पठाउने बताइन् ।
तीन महिनाको समयावधिमा काम नसकेर चित्तबुझ्दो कारणसमेत नदिए समिति परिवर्तन पनि हुनसक्ने झाले बताइन् । १ नम्बर प्रदेशका १४ जिल्लामा द्वन्द्वकालिन घटनाको छानविन गर्न माग गर्दै ६ हजार २ सय ८८ उजुरी परेका छन् ।
आयोगले माओवादी सशस्त्र युद्धको समयमा राज्य र विद्रोही पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनाबारे सत्यतथ्य बाहिर ल्याउने, पीडितलाई क्षतिपूर्ति, परिपूरण र न्यायको अनुभूति गराउने काम गर्नुपर्नेछ ।

कार्यक्रममा बोल्दै मोरङका शान्ति समिति संयोजक गोपी आछामिले कार्यालय स्थापना सँगै पीडितले न्याय पाउने आशा बढेको बताए । द्वन्द्वपीडित रिता गिरीले ढिलै भएपनि आयोगले कार्यालय स्थापना गरेर न्यायको आशा जगाएको बताए ।
१ नम्बर प्रदेशको छानविन समितिका संयोजक उच्च अदालत विराटनगरका सहन्यायाधिशवत्ता चिरञ्जीवी पराजुली रहनु भएको छ भने कानूनका विज्ञ केशवकुमार नेपाली र मिना सेढाई सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर