RUMPUM
animated ellipse animated ellipse

कानेपोखरी अध्यक्षमा धिमालको उम्मेदवारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०७४, शुक्रबार १४:३८
3
Shares
विराटनगर, १२ जेठ / नेकपा माओवादी केन्द्र मोरङले कानेपोखरी गाउँ पालिकाको अध्यक्षमा सूर्य धिमाललाई अघि सारेको छ । केन्द्रले साविकको बयरबन, केरौन र होक्लाबारी मिलेर बनेको कानेपोखरी गाउँ पालिकाको अध्यक्षको उम्मेदवार धिमाललाई बनाएको हो ।
धिमाल साविक बयरबन गाविसको उपाध्यक्ष समेत रहेका थिए । अध्यक्षको उम्मेदवार बनेका उनले आफनो क्षेत्रमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन । धिमाल माओवादी केन्द्र केन्द्रीय सल्लाहाकार सदस्य समेत हुन ।
माओवादी केन्द्र कानेपोखरी गाउँ पालिकाले धिमाल सँगै मनोज राजवंशी र खुल्लु राजवंशीलाई अध्यक्षको उम्मेदवार बनाउन जिल्लामा नाम सिफारिस गरेको थियो । गाउँ पालिकाबाट भएको सिफारिस मध्ये धिमाललाई अध्यक्षमो उम्मेदवार बनाइएको माओवादी केन्द्रले उपाध्यक्षमा तारा ओझालाई उम्मेदवरा बनाएको माओवादी केन्द्र मोरङ इन्चार्ज कुसल लिम्बुले जानकारी दिए ।
त्यस्तै माओवादी केन्द्रले धनपाल गाउँ पालिकामा विक्रम पासवानलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । विहिवार बसेको बैठकले कानेपोखरी र धमपाल गाउँ पालिकको अध्यक्षका उम्मेदवारको टुङगो लगाएको लिम्बुले जानकारी दिए । त्यस्तै माओवादी केन्द्रले बेलवारी नगरपालिकाको मेयरमा तिलक राई उपमेयरमा शु्शिला भट्टराईलाई उम्मेदवार बनाएको लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर