खबर पूर्वाञ्चल
३१ चैत्र २०७३, बिहीबार १७:५७
विनु तिम्सिना
विराटनगर, ३१ चैत/ जिल्ला कृषि विकास कार्यालय मोरङले जिल्लाको उत्तरी पहाडी गाउँपालिका केराबारीको वाड नम्बर एक पाटी गाउँलाई कागतीको पकेट क्षेत्र घोषणा गरेको छ ।
कार्यालयले पाटी गाउँमा कार्यक्रम आयोजना गरि व्यवसायिक कागती खेती पकेट क्षेत्र घोयाणा गरेको हो । जिल्ला कृषि कार्यालय मोरङका बरिष्ठ कृषि अधिकृत मनोज यादवले पकेट क्षेत्र घोषना गरेका हुन । उनले पाटी गाउँको मौसम कागती खेतीका लागि निकै उत्तम रहेकाले लामो समय देखि कृषि कार्यालयले पाटी गाउँमा कागतीको खेती विस्तारका विषयमा योजना बनाइरहेको जानकारी दिए ।
उनले कार्यालयको योजना अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रममा समेत पाटी गाउँ कागतीको पकेट क्षेत्रका लागि छनौटमा परेकाले अब कागतीको व्यवसायिक खेतिका लागि लाग्न कृषकहरुलाई आग्रह गरे ।
मोरङमा कागति र कागतिको विरुवाको समेतको माग अत्याधिक रहेकाले क्षेत्र विस्तार धेरै भइरहेका भएपनि माग धान्न गारो भइरहेको उनले बताए । मोरङमा उत्पादित कागतीको विरुवा ताप्लेजुङ देखि लम्जुङसम्मका कृषकहरुले रुचाउने हुदा कागतीको विरुवा विक्री वितरणका लागि समेत बजारको कुनै समस्या नहुने उनले बताए ।
पकेट क्षेत्रका लागि १० हेक्टर क्षेत्रफलमा व्यवसायिक कागती खेती विस्तार गरिने छ । सुपर जोन र जोन कार्यक्रम संचालनका लागि छुट्टै कार्यालय सञ्चालन गरिएको भएपनि ब्लक र पकेट क्षेत्रका लागि भने जिल्ला कृषि विकास कार्यालयहरुले नै गर्ने व्यवस्था गरिएको छ ।
सोहि अनुसार मोरङमा ६५ वटा पकेट क्षेत्र बनाउने कार्य योजना बनाइएको छ । जसमध्ये पाटी गाउँलाइ जिल्ला मै पहिलो कागती उत्पादन पकेट क्षेत्र घोषणा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?