उदयपुर, २४ चैत्र / उदयपुरको बेलका नगरपालिका एक चर्चमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ ।
आज विहान १ बजेतिर कुपीबाट अचानक अगलागी हुँदा टिनको छानो भएको दुई तले चर्च पुर्णरुपमा जलेर नष्ट भएको प्रहरी जानकानरी दिएको छ । आगलागीबाट चर्चमा भएको सम्पुर्ण सर–सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी भागलपुरले जनाएको छ ।