इन्धन आपूर्ती सहज नभएको भन्दै क्षेत्रीय प्रमुखसहितको टीम परिवर्तन
खबर पूर्वाञ्चल
१९ फाल्गुन २०७३, बिहीबार १७:४२
3
Shares
विराटनगर, १९ फागुन / नेपाल आयल निगमले विराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुखसहितको टीम परिवर्तन गरेको छ ।
आयल निगमको क्षेत्रीय कार्यालयबाट प्रर्याप्त मात्रामा इन्धन वितरण भए पनि बजारमा आपूर्ती सहज नभएको भन्दै क्षेत्रीय प्रमुख दिनेश यादवलाई कारबाही स्वरुप केन्द्रमा तानिएको हो । यादवलाई केन्द्रीय कार्यालयको आन्तिरिक शाखामा सारिएको छ । केन्द्रीय कार्यालयले यादवको स्थानमा भानुभक्त खनाललाई पठाउने निर्णय गरेको छ ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालय स्रोतका अनुसार केन्द्रबाट चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि विराटनगर कार्यालयमा पठाउने निर्णय भएको छ । झापाको चारआलीस्थित नेपाल आयल निगमका शाखा कार्यालय प्रमुख वासु भण्डारी पनि विराटनगर कार्यालयमा सरुवा भएका छन् ।
विराटनगर घर भएका भण्डारी केही महिनाअघि मात्र विराटनगर कार्यालयवाट सरुवा भएर चारआली गएका हुन् । केही दिनयता पूर्वी नेपालका सहरमा इन्धनको कृत्रिम अभाव भएको छ । इन्धनको चरम अभाव भएपछि सहज नभएसम्म स्थानीय प्रशासनले हिजोदेखि पेट्रोल पम्पलाई बिहान ८ वजेदेखि साँझ ८ वजेसम्म मात्र इन्धन बिक्री गर्न पाइने नियम बनाएको थियो ।
त्यसैगरी पम्पहरुबाट ड्रम र वोतलमा खुल्ला इन्धन बिक्री गर्न समेत वन्देज लगाएको थियो ।