RUMPUM
animated ellipse animated ellipse

आन्दोलनरत स्वास्थ्यकर्मीहरुले निकाले ¥याली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७३, आईतवार १७:३४
3
Shares
विराटनगर, १५ फागुन / स्वास्थ्य सेवा ऐन लगायतका माग राखी आन्दोलनरत स्वास्थ्यकर्मीहरुले आज विराटनगरमा ¥याली निकालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा तालाबन्दी गरी १५ दिनदेखि धर्नामा बसेका स्वास्थ्य कर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट ¥याली निकालेका थिए । ¥यालीमा सहभागीहरुले स्वास्थ्यका दलाल राजीनामा दे, सम्पूर्ण स्वास्थ्यकर्मीहरु एक हौं लगायतका पोस्टर बोकरे नगरका विभिन्न भागको परिक्रमा गरेका थिए ।
स्वास्थ्यकर्मीहरुले देवकोटा चौक, जलजला मोड , गोल्छा चौक, सिडियो कार्यालय हुदै जनस्वास्थ्य कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका महासचिव कृष्णलाल यादवले आफ्ना मागहरुलाई वेवास्ता गरे स्वास्थ्य क्षेत्रीय निर्देशनालय ,स्वास्थ्य मन्त्रालय र विभागमा तालाबन्दी गरी अगाडि बढ्ने उनीहरुको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ दफा ९ ख कार्यान्वयन तथा तह व्यवस्थापन नगरेको भन्दै मोरङ जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरु धर्नामा बसेका हुन् । उनीहरुले स्वास्थ्य सेवा ऐनमा भएको तहगत पद व्यवस्थापनलाई कार्यान्वयन र स्वास्थ्यकर्मीहरुलाई आत्मसम्मानसहित काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दे धर्नामा बसेको बताएका छन् ।
मोरङ जिल्लामा रहेका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट संचालन हुने आकस्मीक सेवाबाहेक अन्य सबै सेवा बन्द गरी कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर