अभिनेता अनुपद्धारा कलेज प्रिन्सको प्रतियोगिलाई ट्रेनिङ
खबर पूर्वाञ्चल
२७ माघ २०७३, बिहीबार २२:००
3
Shares
विराटनगर,माघ २७ / पूर्वाञ्चल कलेज प्रिन्सको फाइनलमा पुगेका प्रतियोगिहरुलाई अभिनेता अनुप विक्रम साहीले ट्रेनिङ दिएका छन् ।
विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरि प्रतियोगिहरुलाई अभिनेता शाहीले ट्रेनिङ दिएका हुन् ।
फाइनलमा पुगेका २१ जना प्रतियोगिहरुलाई टेनिङ्गमा व्यक्तित्व विकास देखीको मोडलिङ क्षेत्रको बारेमा जानकारी गराउनेछन् । शाहीले प्रतियोगिहरुलाई एक हप्तासम्म ट्रेनिङ दिएर फाइनलमा उतार्ने प्रतियोगिताको कोरियाग्राफर सजिद आलमले जानकारी दिए ।
मोफसलमा हुने यस्ता प्रतियोगितामा पहिलो पटक अभिनेता अनुप ट्रेनिङको लागि विराटनगर आएका हुन् ।
शाही म्यान हण्ड इन्टरनेशनल नेपालको बिजेता पनि हुन । उनले वीर विक्रम, हसिया, किङ्ग जस्ता नेपाली चलचित्रमा अभियन गरि दर्शकहरुको मन जित्न सफल भएका अभिनेता हुन ।
प्रतियोगिहरुलाई ट्रेनिङ दिदै अभिनेता अनुप