CLASSICTECH NET

कोबासको वार्षिक उत्सव सम्पन्न

खबर पूर्वाञ्चल, २३ माघ २०७३, आईतवार १५:०२
विराटनगर, माघ २३ / विराटगरमा रहेको कोबास कलेजले आफ्नो स्थापनाको २२ औ. बार्षिक उत्सव मनाएको छ ।
कलेजले कलेजको प्राङ्गणमा आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।
वर्षिक उत्सवमा कलेजमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्यल, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कलेजले विज्ञान संकायमा कलेज टपर हुने विद्यार्थी जयन्ति रायलाई नगद ६८ हजार तथा व्यवस्थापन संकायमा कलेज टपर हुने विद्यार्थी एलिस अलीलाई ३६ हजार नगदसहित सम्मान गरेको छ ।
त्यसैगरी विज्ञान संकायमा विशिष्ट श्रेणीमा पास हुने सवै विद्याथीहरुलई नगद ५७ हजार तथा व्यवस्थापन संकायमा विशिष्ट श्रेणीमा पास हुने सवै विद्याथीहरुलई नगद २६ सहित सम्मान गरेको थियो ।
कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ, कलेजका शिक्षक पंकज जैन,रोनेश्वर साहलगायतले बोलेका थिए । कलेजका अध्यक्ष प्रा.डा.रमेशप्रसाद अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५