झुर व्यवस्थापनको साथ सकियो,मिस विराटनगरको उपाधी ढकाललाई

खबर पूर्वाञ्चल, १८ पुष २०७३, सोमबार १६:०४
१८ पुस, विराटनगर/ निर्धारीत समय भन्दा तीन घण्टा ढिलो सञ्चालन गरी झुर व्यवस्थापनको साथ मिस विराटनगर सम्पन्न भएको छ ।
मिस विराटनगरको उपाधि शिक्षा दिप कलेज कक्षा ११ मा  अध्ययनरत  विराटनगर – ४ कि सिमन ढकालले जितेकी छिन् । उनले १५ जनालाई पछि पार्दै उपाधि जितेकी हुन । उनले उपाधिसँगै नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।
अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको प्रतियामेगिता निर्धारीत समय भन्दा तीन घण्टा ढिलो सञ्चालन भएको थियो । एक्टीभ इन्टरनेशनल मिडियाको आयोजना तथा लक्ष्य इम्पोरियमको सहकार्यमा सञ्चालित प्रतियोगिताको फस्ट रनरअफ विराटनगरकै मानसी मल्ल भइन भने सेकेन्ड रनरअफ विराटनगर – १६ की स्वेता बस्नेत भइन । उनले बेस्ट क्याटवकको समेत उपाधि जितिन ।
उनीहरुलाई क्रमशक नगद ५० र २५ हजार दिने आयोजकले भनेको छ ।तर, विजेता भएका प्रतियोगिहरुलाई पुरस्कार वितरण स्थलमा न त नगद नै दिएको देखियो न चेकको ब्यानर बाडेको देखियो ।
प्रतियोगिताको मिस ब्यूटिको उपाधि लक्ष्मी पौडेलले जितिने भने मिस प्रसानालिटि तथा मिस पपुलर समीक्षा अधिकारीले कब्जा जमाइन । मिस ट्यालेन्ट भावना खड्का हात पारिन । उनले ट्यालेन्ट राउण्डमा निर्णायक मण्डललाई नै भावक हुने गरी कथा प्रस्तुत गरेकी थिइन ।
सुन्दरी प्रतियोगितामा फाइनलमा पुगेका प्रतियोगिहरुको लागि विभिन्न विधामा टाइटलको अवार्ड राखिएको हुन्छ । तर, मिस विराटनगरमा पाँच वटा मात्र टाइटल बाडेको थियो । जसले गर्दा सहभागी प्रतियोगिहरु नै असनतुष्टि जनाए ।
प्रतियोगिताको निर्णायकहरुमा नायिका बेनिसा हमाल, अभिनेता तथा मोडल निराजन लुईटेल, मोडल अन्जना कट्टेल, यूवा अभियान्ता बसन्त अधिकारी, कोरियाग्राफर प्रमोद बंशाल रहेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५