२ पुस, काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाली महिला टोलीले मलेसिया पराजित गरेकोे छ ।
भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज भएको खेलमा भ्रणणकारी टोली मलेसियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले २७ औँ मिनेटमा गोल गरेकी हुन् । यो गोल नै नेपालको जितमा निर्णायक बन्यो ।
फिफा वरियतामा नेपालभन्दा मलेसिया २६ स्थान पछि छ । नेपाल १ सय १२ औँ स्थानमा छ भने मलेसिया ८६ औँ स्थानमा छ ।
तपाईको प्रतिक्रिया