AArya
RUMPUM
animated ellipse animated ellipse

दधिराज सुवेदी साहित्य र पत्रकारिता पुरस्कार समर्पण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७३, शनिबार १९:१८
3
Shares
२ पुस,विराटनगर / दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आज दुईजना व्यक्तिलाई पुरस्कृत गरेको छ ।
नेपाली भाषा साहित्यमा लामो समयदेखि सक्रिय प्राज्ञ दधिराज सुवेदीको सम्मानमा पुत्रद्वय शरदराज र रुपकराजले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी प्रतिष्ठान स्थापना गरेको हो । ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय साहित्य पुरस्कार’ डा. गोविन्दराज भट्टराई र २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ हरिबहादुर थापालाई समर्पण गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार राशिसहित सम्मानपत्र समर्पण गरेका थिए । सुवेदीका एक दर्जनभन्दा बढी मौलिक कृति प्रकाशित छन् भने एक दर्जनभन्दा बढी विभिन्न ग्रन्थ र पुस्तकको समेत सम्पादन गरेका छन् ।
पिताको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरेर पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष शरदराज सुवेदीले जानकारी दिए ।
समारोहमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, डा. शेखर कोइराला, गुरुराज घिमिरे, मोरङ सभापति डिकबहादुर लिम्बू, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारी, साहित्यकार दिङ्लाली कान्छो, प्राडा टंक न्यौपाने, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित, पत्रकार अनन्तराज न्यौपानेलगायतले पुरस्कृत व्यक्ति र प्रतिष्ठानका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर