मुख्य दलहरुबीच प्याकेजमै सहमति हुनुपर्छ- नेता पौडेल

खबर पूर्वाञ्चल, २ पुष २०७३, शनिबार १८:२६
फाइल तस्वीर
२ पुस विराटनगर/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोध अन्त्य गर्न मुख्य दलहरुबीच प्याकेजमै सहमति हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता रामचन्द्र पौडेलले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेशी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा समेत सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने बताए । संविधान संशोधान गरेर तराईका जनताको भावनालाई समेट्नुपर्ने र संविधान संशोधनको अहिलेको प्रस्तावले रोल्पा, प्यूठान लगायतका जिल्लाका जनतालाई पर्नसक्ने मर्कालाई पनि ध्यानमा राखेर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
नेता पौडेलले पुनरसंरचना आयोगले पेश गरेको प्रतिवेदन कतिपय पहाडी जिल्लाका वासिन्दालाई चित्त नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएको भन्दै स्थानीय निकायको निर्वाचन पुरानै संरचना अनुसार गर्नुपर्नेमा जोड दिए ।
नेता पौडेलले पहिले स्थानीय निकायको निर्वाचन गराउनु पर्ने र त्यसपछि मात्र निर्धारित समयमै संसद् र प्रदेशको निर्वाचन एकैचोटी गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५