पूर्वाञ्चल खबर
कोकनले विराटनगरमा आज संघीय संरचनामा महिला सहभागिता विषयक कार्यशाला गोष्ठिमा सहभागि भएका सरोकारवालहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै महिला तथा बालवालिका कार्यालय विराटनगरकी प्रमुख दुर्गा भण्डारीले महिलाहरुमा अधिकारमात्र माग्ने तर, क्षमतावान नहुँदा राज्यको हरेक निकायमा महिलाको सहभागिता न्युन रहेको बताइन् । उनले महिलाहरु क्षमतावन भएको खण्डमा मुलकु संघियतामा भएको बेला हरेक निकायमा महिलाको सहभागिता बढने बताइन् ।
कार्यशाला गोष्ठिको कार्यपत्र प्रस्तुत गर्दै इन्दिरा प्रसाइले समाज परिवर्तन हुन नसक्दा महिलाहरु पछि परेको बताइन् । उनले महिला आफुमै क्षमतावान भए संघीय संरचनामा महिला सहभागिता बढने बताइन् ।
कार्यक्रममा माओवादी केन्द्र नगर संयोजक नमिता न्यौपाने, केन्द्रीय सदस्य शारदा मैनाली, संघीय समाजबादी फोरम मोरङका अध्यक्ष राजकुमार यादब, ओरेकको संयोजक मौसम राईलगायले बालेकी थिइन् ।