RUMPUM
animated ellipse animated ellipse

१० बर्षपछि अनेमसंघको जिल्ला सम्मेलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०७३, मंगलवार १६:४८
3
Shares
७ मंसिर,बिराटनगर/ जिल्ला सम्मेलन हुन नसकेको १० बर्षपछि नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन तोकिएको छ । आगमामी १० र ११ गते १० बर्ष पछि छैठौं जिल्ला सम्मेलन हुने भएको हो ।
मंगलवार पत्रकार सम्मेलन गर्दै आयोजकले कोसीहरैंचा नगरपालिका–३ स्थित जेसीस सामुदायिक भवनमा मंसिर १० र ११ गतेका लागि तोकिएको छ । यसअघि २०६४ सालको बैशाखमा भएको पाँचौं जिल्ला सम्मेलनबाट कृष्णा राई अध्यक्ष बनेकी थिइन ।
सम्मेलन सम्पन्न गर्न राईकै संयोजकत्वमा मुल व्यवस्थापन समिति बनेको जनाईएको छ । त्यसैगरी थप १० वटा उपसमितिहरु निर्माण गरिएको पत्रकार सम्मेलनमा जनाईएको छ । सम्मेलनका लागि ५०१ जना प्रतिनिधि सहभागी हुने र सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिएको छ । सम्मेलन सम्पन्न गर्न ५ लाख रुपैंया खर्च हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर