खबर पूर्वाञ्चल
विराटनगर/विराटनगर रानि– जोगवनी नाका हुदै यसवर्ष झिलिमिली बत्ति सात करोड आठ लाख रूपैयाँको आयात भएको छ ।
चीनबाट भारत हुँदै विराटनगर भन्सार कार्यालयबाट यस वर्षको दिपावलीमा ७ करोड आठ लाख मूल्य बरावरको बत्ती भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गतवर्षको तुलनामा यस वर्ष झिलिमिली बत्ति आधा कम आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
गत वर्ष झिलिमिली बत्ति १५ करोड रूपैयाँ भन्दा बढीको आयात भएको थियो । गतवर्ष भारतको नाकाबन्दीका कारण वीरगञ्ज नाका बन्द भएका कारण वीरगञ्जको सामान रानी–जोगबनी नाकाबाट आएका कारण बढी आयात भएको भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए ।
दिपावलीलाई लक्षित गरी व्यावसायीले झण्डै एक महिना अघिदेखि नै झिलिमिली बत्ती ल्याउने प्रक्रिया थालेको मोरङ इलेक्ट्रिक संघको अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए ।