RUMPUM
animated ellipse animated ellipse

विमस्टेक सम्मेलनबारे प्रधानमन्त्रीद्वारा संसदीय दलमा जानकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार १४:०७
3
Shares
फाइल तस्वीर
काठमाडौं, कात्तिक ३/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’मा भए गरेका कार्यबारे संसदीय दलमा जानकारी गराएका छन्।

सिंहदरबारस्थित संसदीय दलमा बुधबार बसेको बैठकमा अध्यक्ष दाहालले भारतको गोवामा भएको ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’मा नेपालको सहभागिता, सो क्रममा भएका दुईपक्षीय भेटघाट लगायत विषयबारे जानकारी गराएका हुन्।

विशेष गरेर दाहालको ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’मा भएको सहभागितालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा अन्य दल र क्षेत्रबाट विभिन्न टिकाटिप्पणी भइरहेका बेला अध्यक्ष दाहालले सोबारे पार्टीलाई यथार्थ जानकारी गराएका हुन्।

विमस्टेक समूहको वर्तमान अध्यक्षको हैसियतले आउटरिच शिखर सम्मेलनमा नेपालको सहभागिता महत्वपूर्ण रहेको भन्दै दाहालले विमस्टेक क्षेत्रमा पूर्वाधार विकास एवं दिगो विकासका लक्ष्य प्राप्तिसँग सम्बन्धित प्राथमिकता निर्धारण गरी ती क्षेत्रमा लगानीको स्रोत परिचालन गर्नुपर्ने विषय आफूले उठाएको पनि दाहालले बैठकमा जानकारी गराए। सम्मेलनसँग जोडेर बाहिर विभिन्न क्षेत्रबाट आएका टिकाटिप्पणीमाथि पनि दाहालले दलको बैठकमा स्पष्ट पारे।

बैठकमा मन्त्रीहरूले पनि मन्त्रालयका कामकारबाहीबारे जानकारी गराएका थिए ।  सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर