भ्रष्टाचारकाण्डमा दोषी लालु यादबलाई साढे ३ वर्ष जेल सजाय

खबर पुर्वान्चल, २२ पुष २०७४, शनिबार

नयाँ दिल्ली, २२ पुस / भारतको बिहार राज्यका पूर्व मूख्यमन्त्री लालुप्रसाद यादवलाई साढे तीन वर्षको जेल सजाय भएको छ । उनी चारा घोटालाकाण्डमा दोषी ठहरिएका थिए ।

चारा घोटालामा देवघर कोषागारबाट ८९ लाख, २७ हजार रुपैयाँको अवैध निकासी मामिलामा राँचीको सीबीआई अदालतले बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई साढे तीन वर्षको सजाय र पाँच लाख जरिवाना तोकेको हो ।

अदालतले यसअघि नै लालुलाई दोषी ठहर गरिसकेको छ । हाल उनी जेलमा छन् । गत २३ डिसेम्बरमा उनलाई अदालतले दोषि ठहर गरेकोमा त्यही दिन उनी पक्राउ परेका थिए । उनी विहारको मुख्यमन्त्री हुँदा भएको चारा खरिदमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

यस मामिलामा अदालतले फुल चन्द, महेश प्रसाद, सुनिल कुमार, बाँकी जूलियस, सुधीर कुमार र राजा रामलाई पनि साढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनीहरुमाथि पनि जनही पाँच लाख जरिबाना तोकिएको छ ।

पूर्व विधायक जगदीश शर्मालाई अदालतले सात वर्षको सजाय र २० लाख रुपैपाँ जरिवान गर्ने फैसला सुनाएको छ ।

राष्ट्रिय जनता दल (राजद) प्रमुख लालुले शुक्रवार सीबीआईको विशेष अदालतले सुनाइएको सजायलाई लिएर केही नरम हुन आग्रह गरेका थिए । लालका वकील चितरञ्जन कुमारदे लालुलाई कम भन्दा कम सजाय दिन भनेका थिए ।
उनले लालुको खराब स्वास्थ्यका कारण अदालतलाई नरम भइदिन अनुरोध गरेका थिए । उनको ’मुटुको भल्भ’ फेरिएको छ । उनी कयौँ बिरामीका कारण औषधि पनि खाइरहेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.