RUMPUM
animated ellipse animated ellipse

सोलिडारिटी कपको उपाधि जितेर नेपालले नयाँ इतिहास रच्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०७३, मंगलवार ०७:३१
3
Shares

३०,कार्तिक विराटनगर/ नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत आज साँझ सवा ५ बजे हुने फाइनल खेलमा मकाउ विरूद्ध भिड्दैछ । नेपालले मकाउलाई पराजित गरी पहिलोपल्ट एएफसीको आधिकारिक प्रतियोगिताको उपाधि जितेर नयाँ इतिहास बनाउन् चाहन्छ ।

नेपाल र मकाउले यसअघि पाँच पटक एक आपसमा खेलिसकेका छन् । जसमा नेपाल नै बलियो साबित भएको छ ।bharat-khawas

मकाउ विरूद्ध भएको खलमा नेपाले ३ मा विजय, १ बराबरी र १ खेलमा पराजित भएको छ ।
सेमिफाइनलमा प्रतियोगिताकै बलियो बरियताको टिम लाओसलाई पेनाल्टि सुटआउटमा ३–० को गोल अन्तरले पराजित गरी फाइनलमा नेपाली टिमको मनोबल उच्च छ ।

नेपालले यस वर्ष खेलेको तीनवटै महत्वपूर्ण प्रतियोगिताको फाइनल पुगेर नयाँ उपलब्धि हासील गरीसको छ । वर्षको सुरुवातमा बंगलादेशमा भएको बंगलबन्धु गोल्ड कप र भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदको उपाधि पछि नेपाल लगातार तेस्रो प्रतियोगिताको फाइनल पुगेको हो ।

मकाउ पनि पहिलोपल्ट एएफसीको आधिकारिक प्रतियोगिताको फाइनलमा पहिलोपल्ट प्रवेश गरेको हो।

नेपालका स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्तीमगर लयमा देखिन्छन् भने मिडफिल्डमा हेमन गुरुङ र अन्जन बिष्ट जम्नु पनि नेपालको लागि सकारात्मक सन्देश हो । लाओसलाई पराजित गरेको खेलमा दुबैले आफ्नो भूमिकालाई स्थापित गरेका थिए ।

तर, यति हुँदाहुँदै पनि फाइनलमा नेपालको जितमा सबैभन्दा ठूलो तगारो मकाउका स्ट्राइकर निकी टोराओ बन्न सक्ने छन् । उनले प्रतियोगितामा सर्वाधिक ४ गोल गरिसकेका छन् । उनको विशेषता भनेको हेडिङ र लामो प्रहार हो ।

नेपालको खेलमा सबैभन्दा ठूलो समस्या ‘एयर बल’ मा देखिन्छ। ‘एयर बल’ मा नेपाली डिफेन्डरले राम्रो ‘जज’ गर्न सकिरहेका छैनन् । नेपाली डिफेन्डरमा अर्को ठूलो समस्या विपक्षीहरूले कर्नर क्षेत्रबाट क्रस गरेको बलमा ‘जज’ गर्न नसक्नु पनि देखिएको छ ।

त्यसैले फाइनलमा प्रशिक्षक कोजी डिफेन्डर र मिडफिल्डबीचको दुरीलाई कम गर्ने प्रयासमा रहेका छन् । उनले अभ्यासका क्रममा मकाउका सम्भावित नायकलाई कडा ‘मार्किङ’ गर्न निर्देशन पनि दिएका छन् । ‘मैले लाओसविरूद्धको खेलमा पनि चाम्पाथोङलाई चेप्न भनेको थिए । अहिले टाराओलाई विशेष ध्यान दिनु भनेको छु,’ नेपालका प्रशिक्षक कोजीले भने।

फाइनलमा नेपालकालागि  अर्का २३ वर्षीय स्ट्राइकर लियोङ का हाङ पनि खतरनाक साबित हुन सक्छन् । यी स्ट्राइकरले २२ खेलमा १० गोल गरिसकेका छन् ।

राजनीतिक हस्तक्षेपका कारण दुई वर्षअघि फिफाको प्रतिबन्धमा परेको मकाउको मिडफिल्ड यतिबेला अनुभवी ३२ वर्षीय कप्तान चेयाङ चेङ इयोङ पाउलोको हातमा छ । मकाउले यस वर्ष खेलेको १० खेलमध्ये ४ मा विजयी ३ खेल ड्र र यो प्रतियोगितामा भाग लिन आउनुपूर्व चिनियाँ ताइपेईसँग खेलेको मैत्रीपूर्ण खेलमा ३–२ ले पराजय भोगेको थियो ।

मकाउ जस्तै नेपाल पनि प्रतियोगितामा अपराजित टोलि हो । अपराजित हुँदै उपाधि जित्ने सपना बुनेको नेपालका लागि उत्कृष्ट फर्ममा रहेका स्ट्राइकरत्रय भरत, नवयुग र विमलका लागि मकाउका २३ वर्षीय डिफेन्डर चान मानको मजबुत पर्खाल भत्काउनु मुख्य उद्देश्य हुनेछ ।

मकाउका प्रशिक्षक टाम इयाओ सानले पनि नेपाल उत्कृष्ट टिम भएको स्वीकार गरिसकेका छन् । नेपालले प्रतियोगिताको ३ खेलमा निर्धारित समयमा कूल ५ गोल गरेको छ भने २ गोल खाएको छ । मकाउले ४ खेलमा ७ गोल गरेको छ भने ४ गोल खाएको छ । नेपाली स्ट्राइकरका लागि सबैभन्दा ठूलो अवसर मकाउले प्रतियोगितामा खेलेको ४ खेलमै आफ्नो प्रतिद्वन्द्वीसँग गोल खाएको छ ।

नेपाली टिममा लाओसविरूद्धको सेमिफाइनलबाहेक अन्य खेलमा डिफेन्स र गोलरक्षकले विपक्षीहरूलाई गोल गर्ने अवसर दिएका छैनन् । त्यसैले कोजीले फाइनल जित्न त्यति सहज नभए पनि सम्भावना बलियो रहेको बताएका छन् । उनले मंगलबारको खेलमा जितको आधार नै डिफेन्डरले तयार पार्ने प्रतिक्रिया दिएका छन् । ‘डिफेन्डरले राम्रो खेले भने हाम्रो जित्ने आधार बढेर जानेछ,’ उनले भनेका छन् ।

नेपाली फुटबल मलेसियाको कोचिङमा आयोजना भइरहेको एएफसी सोलिडारिटी कपको उपाधि जितेर ६२ वर्षपछि नयाँ इतिहास रच्ने अवसर नजिक पुगेको छ । यो उपाधिसँगै सन् १९५४ मा एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यता लिएपछि नेपालले एएफसीले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता जितेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर