RUMPUM
animated ellipse animated ellipse

सुपर मोडल निष्पक्ष नभएको आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७३, सोमबार १८:४८
3
Shares
विराटनगर, २३ फागुन / विराटनगरमा हालै सम्पन्न भएको मिस पूर्वेली सुपर मोडल २०७३ निष्पक्ष नएको भन्दै ६ जना प्रतियोगिहरुले आरोप लगाएका छन् ।
विराटनगरमा आज सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
ए–वान इन्टरटेन्टमेन्टले विगत पाँच वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगिता छैटौं संस्करणमा आईपुग्दा निष्पक्ष नभएको उनीहरुको भनाई छ ।
प्रतियोगिताको फाइनलमा पुगेका रुचिका गनेश, नानु वाइवा, सविता खड्का, आस्मा देव, पेक्षा सापकोटा र सिमी खानले निष्पक्ष नभएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उनीहरु मध्ये वाइवा मात्र टप पाँचमा पुग्न सफल भएकी थिइन् ।
प्रतियोगिता निष्पक्ष नभएको पत्रकार सम्मेलनमा भने पनि रुचीकाले बेस्ट फ्रेण्डसिपको एवार्ड भने फाइनलमा लिएकी थिइन् ।
परिचय राउण्ड बिगारेकोलाई टप पाँचमा छनौट गरेर उत्कृष्ट प्रतिभा देखाउनेलाई पाखा लगाएको टप टेनमा पुगेकी रुचिका गनेशले बताइन् । उनीहरुले ट्यालेन्टको कदर हुने यस्तो ब्यूर्टी प्याजेन्ट पारदर्शी गर्नु पर्ने माग गरेका छन् ।
यता आयोजक संस्थाका निर्देशक निराजन लुइँटेलले प्रतियोगिले हचुवाको भरमा लगाएको आरोपमा कुनै सत्यता नरहेको बताए । छैटौं संस्करणको प्रतियोगिता यस क्षेत्रमा विज्ञ टोलीलाई निर्णायक राखेर निष्पक्ष र पारदर्शी भएको लुईटेलले दाबी गरेका छन् ।
प्रतियोगिता सम्पन्न भएको तीन दिन पछि यस्तो आरोप लगाउनु कसैले उचालेको हुन सक्ने लुईटेलले बताए । उनीहरुले निष्पक्ष नभएको भए किन टाइल पाएको तस्वीर फेसबुकमा हाले ? लुइँटेलले भने । ’
प्रतियोगिताको निर्णायकहरुमा नायिका रीमा विश्वकर्मा, फेशन डिजाइनर उत्तम बनेपाली, नायक विनय श्रेष्ठ तथा नायिका रेष्मा घिमीरेलगायलत रहरेका थिए ।
शुक्रबार साँझ स्थानिय वीरेन्द्र सभागृह हलमा सम्पन्न भएको मिस पूर्वेली सुपर मोडलको उपाधि सुनसरीको इनरुवाकी सोनिया प्रधानले जितेकी थिइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर