RUMPUM
animated ellipse animated ellipse

साहको अपहरणमा संलग्न दुईजना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०७४, बुधबार १७:३५
3
Shares
फाइल तस्वीर
सप्तरी, ६ बैशाख /सप्तरीको डाक्नेश्वरी नगरपलिका –८ का २६ बर्षिय दुर्गाप्रसाद साहको अपहरणमा संलग्न दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जमुनिमध्येपुरा –६ घर भइ हाल इटहरी बिष्णुपुर गाउँपालिका –१ का २२ बर्षिय जुम्राती मियाँ र कल्याणपुर –३ घर भइ हाल खड्क नगरपालिका–७ को २२ बर्षिय मोहमद मन्जुर मियाँ रहेका छन् ।
उनीहरुले गत सोमबार आफ्नै घरमा सुती रहेको अवस्थामा राती ११ बजेतिर साहलाई हतियार तथा पेस्तोल देखाई घरबाट अपहरण गरी बेपत्ता बनाएका थिए । प्रहरीले उनीहरुको खोजी गर्ने क्रममा डाक्नेश्वरी नगरपलिकाको पुरानो गाविस भवनमा लुकेर बसेको अवस्थामा अपहरणमा परेकासाह सहित उनीहरुलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अपहरणमा संलग्न मोहमद मन्जुर मियाँको साथबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको २ राउण्ड गोली समेत बरामद गरेको छ ।
अपहरणमा संलग्न दुवैजनालाई शरिर बन्धक मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जानएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर