RUMPUM
animated ellipse animated ellipse

साप्ताहिक राशिफल मंसिर १८ मंसिर २४

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ मंसिर २०७३, शनिबार ०७:१६
3
Shares
मेष राशि
मनमा चञ्चलता बढ्नेछ । विपरित लिङ्गी प्रतिको आकर्षण बढ्नेछ । मनमा उत्साह साहस बढ्नेछ । आफन्तहरुले अपेक्षाकृत सहयोग गर्लान् । अध्ययन अध्यापनमा भने बाधा आउनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । वैदेशिक यात्राको योग देखिन्छ ।
वृष राशि
खर्च बढ्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ । आफन्तजनसँग भने विवाद हुन सक्ला । पशु चौपायाबाट लाभ मिल्नेछ । जागिरमा विवाद आउने देखिन्छ । अध्ययन अध्यापन तथा स्वास्थ्यमा सुधार आउनेछ ।
मिथुन राशि
खर्चमा वृद्धि हुनेछ । आम्दानी घट्नेछ । अचल सम्पत्ति जोडिएला । मनमा हर्ष बढ्नेछ । शरिरमा आलस्यता आउनेछ । सन्तानबाट सहयोग मिल्ने छैन । थालिएको काममा निरन्तरता दिन समस्या पर्नेछ ।
कर्कट राशि
स्वास्थ्यमा सुुधार आउनेछ । कार्यमा बाधा, विवाद आउनेछ । आर्थिक पक्ष कमजोर बन्ला । मनमा खिन्नता, चिन्ता बढ्नेछ । अध्ययन अध्यापन पक्ष राम्रो देखिदैन । यात्रामा सफलता मिल्ने देखिन्छ । गरेका कामबाट सन्तुष्टि नै मिल्नेछ ।
सिंह राशि
धार्मिक कार्यमा खर्च बढे पनि समाजमा मान प्रतिष्ठा बढ्नेछ । घर घडेरीको व्यापारमा लाभ मिल्नेछ । मनमा खिन्नता बढ्ला । आफन्तजनसँग भेटघाट हुनेछ । धार्मिक क्षेत्रको यात्रा होला । व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ ।
कन्या राशि
स्वास्थ्यमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । परिवारको सहयोग भने रहने छैन । अध्ययन अध्यापन सामान्य रहनेछ । ससुराली वा मावलीबाट भने सहयोग नै पाइनेछ । आर्थिक क्षेत्रमा सुधार हुनेछ । सवारी साधनको किनबेच होला ।
तुला राशि
मनमा उत्साह हर्ष बढ्नेछ । घरमा माङ्गलिक कार्य होला । दाजुभाइको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन् । राज्यबाट कार्यमा उल्झन आउनेछ । विद्यामा प्रगति हुनेछ । भाग्योदयको योग रहेकोछ । साहित्य संगीतमा रुचि बढ्नेछ ।
वृश्चिक राशि
माया प्रेम बढ्नेछ । नयाँ व्यापारको थालनीले फाइदा नै हुनेछ । चौपाया, दोपायाबाट लाभ मिल्नेछ । महत्वपूर्ण सामग्री हराउन सक्छ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । राजनीतिमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाउने योग रहेको छ ।
धनु राशि
स्वास्थ्यमा सामान्य समस्या रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । शत्रु परास्त हुनेछन् । धार्मिक कार्यमा समय व्यतित हुनेछ । जागिर पाइने वा पदोन्नति हुने योग छ । राजनीतिमा विवाद बढ्नेछ । अध्ययन अध्यापन फलदायी रहनेछ । आय आर्जनमा सुधार आउनेछ ।
मकर राशि
प्रसस्त धन सञ्चयको अवसर मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साहित्यिक सभा सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विपरित लिङ्गीबाट धोका हुन सक्नेछ । अनावश्यक यात्राको योग पनि रहेकोछ । गरेका कार्यबाट सन्तुष्टि नमिल्ला । अनावश्यक वाद–विवाद एवं तर्क–वितर्कको सामना गर्नु पर्ला ।
कुम्भ राशि
पारिवारिक सहयोग मिल्नेछ । गरेका कार्यबाट आर्थिक लाभ हुनेछ । वैचारिक सद्भाव बढ्नेछ । खर्चमा वृद्धि हुनेछ । सुखद यात्राको योग रहेकोछ । गीत–संगीतमा रुचि बढ्नेछ । शत्रुहरु परास्त हुनेछन् । शैक्षिक क्षेत्र प्रभावित हुनेछ । मनमा क्रोध उत्पत्र भइ कार्यमा बाधा पर्न सक्नेछ । चोट पटकको योग पनि रहेको हुँदा सावधान रहनु होला ।
मीन राशि
दाम्पत्य जीवन सुखमय बत्रेछ । यात्रामा सफलता मल्नेछ । आर्थिक क्षेत्र सबल बत्रेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शत्रूहरु बढे पनि विजय नै हात लाग्नेछ । अचल सम्पत्तिको खरिद बिक्री हुनेछ । कार्यमा उत्साह र विश्वास ढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ । दिनको सायं कालिन समय सुखद रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर