RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा एपिएफलाई स्वर्ण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०७३, शुक्रबार २२:०८
3
Shares
१५ पुस,धरान / सशस्त्र प्रहरीको एपिएफ क्लबले पूर्वाञ्चलमा आयोजित सातौं सस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा स्वर्ण पदक हात पारेको छ ।
एपिएपले धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा आज शुक्रबार भएको फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० को गोल अन्तरले परिाजित गरी एपिएफले स्वर्णपदक हात पारेको हो ।
खेलको पहिलो हाफमा अन्जन विष्टले गरेको २ गोल नै निर्णायक गोल बनेको थियो । दुवै विभागीय टिमबीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको १३ औं मिनेटमा सेनाका जितेन्द्र कार्कीले बल बचाउँ गर्दै हेडबलमार्फत क्लीयर गर्न खोज्दा डि बक्सको नजिकबाट अन्जन विष्टले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
त्यस्तै खेलको ३० औं मिनेटमा पुनः विष्टले नै अर्को गोल गरी २ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफ सेनाले कडा प्रतिस्पर्धा गरे पनि गोल गर्ने अवसर चुकाएपछि रजत पदकमा चित्त बुझाउन बाध्य भयो । विजेताहरुलाई समापनको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर