RUMPUM
animated ellipse animated ellipse

सरकार वाम गठबन्धनले नै बनाउनु पर्छ– डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७४, बुधबार १३:०८
3
Shares
फाइल तस्वीर
विराटनगर, १९ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदबाट तत्काल राजिनामा दिनु नै उपयुक्त हुने बताए ।

विराटनगर स्थीत कोइराला निवासमा आज प्रेस यूनीयनले गरेको पत्रकार भेटघाटमा डा. कोइरालाले निर्वाचनको नतिजा सार्वजनिक भइसकेपछि अहिलेको परिस्थितिमा प्रधानमन्त्री देउवाले आफ्नो पदबाट राजिनामा दिए राम्रो सन्देश जाने बताएका हुन् । संविधान अनुसार सरकार छोडि हाल्नु पर्ने आवश्यकता नरहेको भएपनि प्रजातान्त्रीक मुलुकमा पराजय भोगेपछि पदबाट राजिनामा दिनु नै उपयुक्त हुने उनको धारणा छ ।

नेता कोइरालाले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्नका लागि म्यान्डेड दिएकोले सरकार बनाउने वा त्यसमा जाने भन्ने सोच्न नमिल्ने बताउँदै सरकार वाम गठबन्धनले नै बनाउनु पर्ने बताए । उनले भने,‘एउटै घोषणा पत्र लिएर चुनावमा जनतामाझ गएका एमाले र माओवादीले सोही अनुरुप जित हाँसिल गरेका हुन् । उनीहरुले नै सरकार गठन गर्नुपर्छ ।’

जनताले काङ्ग्रेसलाई वाम गठबन्धन तोड्ने नभएर विपक्षमा बसेर सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने म्यान्डेट दिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर