RUMPUM
animated ellipse animated ellipse

सप्ताह व्यापी पारायण तथा कथा प्रवचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ चैत्र २०७३, शुक्रबार १९:२०
3
Shares
विराटनगर, ४ चैत / विराटनगर ४ मा रहेको प्रणामी मन्दिरमा सप्ताह व्यापी पारायण तथा कथा प्रवचन गरिएको छ ।
बृन्दावनबाट आएका प्रमोद सुधाकरजी महाराजले कथा वाचन गरिरहेका छन् । यसैगरी गुजरात जामुनगरबाट आएका अर्का प्रचार्य यमनाथ भट्टजी महाराजले  श्री मदतारतम सागरवाणी चर्चा गरिरहेका छन् । दैनिक २ हजार भन्दा बढी कथा श्रवण गर्ने भक्तालुहरु आउने आयोजकले जनाएको छ ।
यसैगरी चतराका कृष्णदासजी महाराजले पनि प्रवचन दिएका छन् । श्रीकृष्ण प्रणामी धर्म जागरणका लागि सप्ताह व्यापी पारायण तथा कथा प्रवचन गरिएको आयोजकले जनाएको छ । पारायणमा लागेको खर्च कट्टाएर मोरङको बैजनाथपुरमा रहेको जग्गामा सामाजिक कार्यक्रम संचालन गरिने प्रचार विभाग संयोजक लोकेन्द्र तिम्सिनाले जानकारी दिए । पारायण शनिबार समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर