RUMPUM
animated ellipse animated ellipse

सप्तकोशी माविको खेलकुद सप्ताह सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७३, शुक्रबार २२:२८
3
Shares
उर्लावारी, २७ फागुन / उर्लावारी स्थित सप्तकोशी आवसीय अङ्ग्रेजी माध्यमिक विद्यालयका खेलकुद कार्यक्रम–२०७३ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालययका प्रिन्सिपल लेखनाथ भट्टराईको सभापतित्व र प्याब्सन उर्लावारी–पथरी क्लष्टरका अध्यक्ष सुवास राईको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा उत्कृष्ठ भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
शुक्रबार विद्यालय परिसरमा आयोजित सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा शोभा बढाउने उद्देश्यले सास्कृतिक कार्यक्रम सहितको नृत्य समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोवल बढाउनुका साथै शिक्षातर्फ जागृत गराउने कुरा उल्लेख गरे । विश्वाश ढकालले गीत गाएर कार्यक्रममा मनोरञ्जन प्रदान गर्दै खेलकुद विद्यार्थीहरूका लागि अति आवश्यक रहेको बताउदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे ।
विद्यार्थीहरूमा भएको प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले विद्यालयले वर्षेनी खेलकुद कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिए ।
मिश्र वैजयन्ती भट्टराई र भवानी पौडेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा गोपालप्रसाद रिमाल, शिक्षासेवी भूवन श्रेष्ठ लगयत विद्यालयका शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर