RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकपमा आर्मी र थ्रीस्टार विचको उपाधि भिडन्त सोमबार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०७४, आईतवार १८:१९
9
Shares
पुष्पराज थपलिया
विराटनगर, २५ चैत / डेढ वर्ष पछि फुटबल खेलमा फर्किएको रुस्लान थ्री–स्टार क्लब र विभागिय टिम त्रिभुवन आर्मी क्लब बीच सोमबार हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

फ्रडलाइटमा भइरहेको रात्रीकालीन समयमा भएको विराट गोल्ड कपको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा दुवै टिम आम्ने साम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा उत्रीदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर पाँचो उपाधी तिर अग्रसर हुने दाउमा रहेको छ ।

आर्मीले यो सिजनमा थो ११ औं फाइनल खेल खैल्दै छ भने थ्रीस्टारको १० औं हो । थ्री–स्टार डेढ वर्ष पछि फुटबल प्रतियोगितामा टाढा रहेर तीन महिना अगाडि इटहरीमा सम्पन्न मदन भण्डारी गोल्ड कप प्रतियोगिताबाट फुटबल खेलमा फर्किएको थ्री–स्टारले ४ वटा उपाधीमाथि क्ब्जा गरेको छ । आर्मीले विराट गोल्डकपको पहिलो खेलमा अर्को विभागीय टोली साविक विजेता नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा गरेको हो ।

यता थ्रीस्टारले पहिलो खेलमा चिरप्रतिद्वन्धी मनाङ मस्र्यादी क्बल काठमाण्डौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने सेमिफाइनलमा संकटालाई ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै विराट गोल्डकपको उपाधी होडमा आर्मीसंगको भेट पक्का गरेको हो ।

दुबै टिमले उपाधिका लागि आफूलाई पूर्ण दावेदार पस्तुत गर्दै त्यही अनुसारको तयारीलाई तिव्रता दिइरहेको दावी उनीहरुको छ । दुवै टिमले उपाधि हत्याउनलाई कुनै पनि कसर बाँकी राख्न नसकिने स्पष्ट पारेका छन् । जारी सिजनमा सातवटा उपाधि उचालिसकेको आर्मी विराट गोल्डकप कब्जा गरेर उपाधि संख्या आठ बनाउने दाउमा छ । सिजनको चारवटा उपाधि आफ्नो पक्षमा पारिसकेको थ्रीस्टार पनि आर्मीलाई अघि बढ्न नदिइकन उपाधि संख्या पाँच बनाउने तयारीका साथ मैदानमा आउँदै छ ।

सिजनमा यी दुई टिमबीच विराट गोल्डकपमा चौथो पटक भेट हुँदैछ । तेस्रो पटक सम्मको स्पर्धामा आर्मी हावी भएको छ । आर्मीले २ र थ्रीस्टारले १ मा विजय हासील गरेको छ । आर्मीले खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ र सीमरा गोल्डकपको फाइनलमा २–० गोल अन्तरले थ्रीस्टारलाई स्तब्ध पारेको छ । इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने आर्मी थ्रीस्टारसंग पेलाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित भएको थियो ।

११ वटा प्रतियोगिताको फाइनलमा पुगेको आर्मीले सातवटाको उपाधि कब्जा जिति सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । उसले सिजनको विरगञ्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ । १० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ । उसले इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितिसकेको छ ।

वर्षकै सबै भन्दा बढी उपाधि जितिसकेको आर्मीका सामु थ्रीस्टारलाई जित निकाल्न भने त्यति सहज छैन । डेढ वर्ष पछि फुटबल खेलमा फर्किएपछि तीन महिनाको समयमा राम्रो प्रगति गरेको थ्रीस्टारको चुनौती पन्छाउन पनि आर्मीलाई फलामको चिउरा सरह हुने छ ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले उपाधी रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गरिने बताए ।

‘थ्रीस्टारका विरुद्ध सिजनमा तेस्रो जित निकाल्ने हाम्रो तयारी हो,’ उनले भने, ‘उपाधी भिडन्तका लागि संघर्ष गर्नु पर्ने भएकाले पनि बढी नै मेहनत गरिने छ ।’ उनले यस अघि सम्मको तेस्रो भेटमा दुईपटक जित निकालिसकेका कारण चौथो भेटमा पनि जित निश्चित रहेको बताए । न्यौपानेले मजवुत टिम भएकाले दुबै टिमबीचको प्रतिष्पर्धा ५०÷५० को अवस्थामा रहने उनको विश्लेषण छ । फाइनलमा जस्ले राम्रो खेल पर्दशन गर्छ उसले उपाधीमाथि कब्जा गर्ने छ न्यौपाको कथन रहेको छ ।

फ्रडलाइटमा खेलेको अनुभव पनि धेरै खेलाडीमा छैन,’ उनले भने, ‘केही राम्रा खेलाडी घाइते अवस्थामा पनि छन् । तर पनि जित निकाल्नेमा ढुक्क छौं ।’ आर्मी भरत खवासको नेतृत्वमा नेपालका स्टार खेलाडी नवयुग श्रेष्ठ, गोल किपर विकेश कुथु, जर्ज प्रिन्स कार्की, जितेन्द्र काकी र यू–१९ का स्टार खेलाडीको साथ मैदान उत्रिदैछ । प्रशिक्षक न्यौपानेले भने ४–४–२ को रणनितीले थ्रीस्टार विरुद्धको फाइनल खेलमा उत्रिने योजना रहेको बताए । आमीका कप्तान भरत खवासले भने दुवै टिम विचको खेल भाइटल खेल हो, निर्धारित समयमा जस्ले राम्रो खेल्छ उसैले उपाधी जित्ने बताए ।
।’

यता थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँग यस अघि दुईवटा गोल्डकपमा बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा विराट गोल्डकपलाई लिइएको बताउँछन् । ‘दुबै टिम उत्तिकै सक्षम र मजवुत छन्,’ आर्मीका पूर्व प्रशिक्षक समेत रहेका उनले भने, ‘थ्रीस्टार विरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ ‘क्लिक’ गर्ने हाम्रो रणनीति छ ।’ दुबै टिमबीचको खेल बराबरी रहेका कारण सुरुवाती गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने पनि बताए । लामो समय पछी फुटबलमा फर्किएको छोटो समयमै थ्रीस्टारले राम्रो प्रगति गरिरहेको जानकारी दिंदै उनले भने विराट गोल्डकपमा जित निकाल्ने कुरा पूर्ण रुपमा विश्वस्त रहेको बताए ।

‘दुई टिमबीच धेरै राम्रो प्रतिष्पर्धा हुन्छ,’ उनले भने, ‘मेहनत गरेर खेल्दै नतिजा उम्कन नदिने हिसावमा अघि बढ्ने छौं ।’ आर्मीका पूर्व प्रशिक्षक भएका कारण पनि उक्त टिमले प्रदर्शनमा अपनाउने रणनीतिका बारेमा केसी जानकार रहेको धेरैको बुझाई छ । निराजन खड्काको कप्तानीमा नेतृत्वमा मैदानमा जाने तयारीमा थ्रीस्टारका साथमा नाइजेरियन खेलाडी मार्टिन्स, लावेन र पिटर सेगुन तथा नेपालका स्टार खेलाडी विमल घर्तीमगर, बुद्ध चेम्जोङ, गोलकिपर एलेन न्यौपाने, रेजीन धिमाल,अन्जन तामाङलगायतका खेलाडिलाई मैदानमा उतार्ने छ । थ्रीस्टारका कप्तान खडकाले आमीविरुद्ध गोल गर्न पाएको चान्सको सदुपयोग गर्दै उपाधी जित्ने बताए । थ्रीस्टारले पनि आर्मीको जस्तै ४–४–२ को रणनितीमा खेल्ने बताए ।

आयोजक समितीका उपाध्यक्ष सन्तोष बानीयाले दुवै टिम राम्रो भएकोले कस्ले बाजी मार्छ भन्न सकिदैन् । सोमकारको फाइनल खेल अति रोमाञ्चक हुने बानीयाको भनाइ रहेको छ । यता आयोजक समितीका अध्यक्ष नविन रिजालले दुवै टिमको खेल बराबरी रहेपछि कुन टिमले उपाधी हात पार्छ भन्न थाहा पाउँन भोली मैदानमै आएर खेल हेरे पछी मात्र भन्न सकीने बताए ।

प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिंदै आएको छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने जानकारी रिजालले दिए । आयोजकले गोल्डकपमा सहभागि सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर