RUMPUM
animated ellipse animated ellipse

विराट आदर्श साहित्यिक मञ्चमा दीपक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७४, शनिबार १९:४२
3
Shares
विराटनगर, १० चैत / विराट आदर्श साहित्यिक मञ्चको अध्यक्षमा यूवा साहित्यकार कटवाल दीपक चयन भएका छन् ।

आज विराटनगरमा भएको भेलाले दीपकको अध्यक्षतामा मञ्चको पुनर्गठन गरिएको छ । उपाध्यक्षमा कविता बराल र सन्देश बाराकोटी छानिएका छन् । विवेक आचार्य सचिव, सविता भट्टराई सहसचिव र कोषाध्यक्षमा सुमना दाहाल र एन्जन पौडेल चयन भए ।

त्यस्तै सरु कटवाल, लकेश दंगाल, ललित मण्डल, रोशन काफ्ले, सोफिया तिम्सिना, कविता पोखरेल, नगेन्द्र खड्का, सोनिका दंगाल र अनुपमा न्यौपानेलाई सदस्यको जिम्मेवारी तोकिएको छ । मञ्चको प्रमुख सल्लाहकारमा कवि एवं पत्रकार मीनकुमार नवोदित तथा सल्लाहकारमा विनोद दाहाल र आलोक लुइँटेल चयन भएका छन् । मञ्चले स्थापनाकालदेखि नै साहित्य, कला र संगीतलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

मञ्चकै आयोजनामा गत महिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक र गत वर्ष वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडीभरिको आकाश’ नाटक मञ्चन गरिएको थियो । यसबाहेक बेलाबेलामा कविता प्रतियोगिता पनि गर्दै आएको मञ्चले । मञ्चलाई अझै सक्रिय बनाउने नवनिर्वाचित अध्यक्ष दीपकले बताए । उनले मञ्चकै ब्यानरमा ‘एकचिहान’ नाटक पनि छिट्टै मञ्चन गरिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर