RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई विराट प्रदेश र राजधानी घोषणा गर्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ माघ २०७४, मंगलवार १५:४३
3
Shares
विराटनगर, २ माघ /राजबंशी समाज उत्थान समिति( विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधारहरु भएकोले अविलम्व एक नम्वर प्रदेशको राजधानी विराटनगरलाई घोषणा गर्न माग गरेका छन् ।

राजवंशी समाज उत्थान समिति कन्द्रीय कार्य समितिका अध्यक्ष भुवेनश्वर मण्डल राजवंशीद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा पराम्परापूर्व कालदेखि यस क्षेत्रमा वसीरहेका विराट राजंवशीहरु यस १ नं प्रदेशको नाम विराट प्रदेश हुनु पर्ने विगतदेखि नै मांग गरिरहेकोमा अहिले अव विराटनगरलाई घोषणा गर्न सम्पूर्ण राजनैतिक दलहरुसंग आग्रह गरे ।

अध्यक्ष राजवंशीले विराट राजवंशी समूदाय आदीवासी जनजातिहरुको उत्थानमा लागि अग्रणी भूमिका खेल्दै आएकामा स्मरण गराउँदै यस जातीलाई आदीवासी जनजाती सुचिमा सूचितकृत गर्नु पर्ने वताए ।

यसैगरी समितिका मोरङ अध्यक्ष प्रदिपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका मागहरु परा नभए आन्दोलनको विभिन्न कार्यक्रमको घोषणा गर्ने बताए । विराटनगर राजधानीकालागी सवै पुर्वाधार उपयुक्त भएकाले प्रदेशको राजधानी विराटनगर हुनु पर्ने अध्यक्ष विश्वासको भनााई थियो ।

विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा गरी विराट राजवंशीको करीव ५५ हजार जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर