RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई महानगरपालिका बनाउ मिश्रित प्रतिक्रिया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० मंसिर २०७३, बिहीबार १९:३३
3
Shares
३० मंसिर, विराटनगर /विराटनगरलाई महानगरपालिका बनाउने विषयमा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
आज साँझ मकालु टेलिभिजनले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै सांसद ऋषिकेश पोखरेलले विराटनगरलाई रिङरोडभित्रको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन आफूहरु लागि परेको जानकारी दिए ।
यस्तै कार्यक्रममा बोल्दै सांसद शिवकुमार मण्डलले जनअपेक्षाअनुसार नै महानगरपालिका बनाउन आफ्नो पार्टी लागि परेको जानकारी दिएका छन्े । मोरङ स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले विराटनगरलाई महानगरपालिका बनाउन कम्तीमा ३ लाख जनसंख्या र प्रतिमहिना ४० लाख आयस्रोत हुनुपर्ने जानकारी दिए । उनले विराटनगरको अहिलेको जनसंख्या २ लाख २५ हजार रहेको पनि महानगरपालिका बनाउन सबै राजनीतिक दल सहमत भएकाले महानगरका लागि सिफारिस गरेको जानकारी दिएका छन् ।
मोरङ टंकीका स्थानीयहरु विराटनगरलाई महानगरपालिका बनाउनु पर्छ भन्ने पक्षमा रहेको बताएका छन् । उनीहरुले ९० प्रतिशत स्थानीयहरु गाउँपालिका बनाउने पक्षमा रहेको भन्दै स्थानीयको चाहना अनुसार अगाडि बढ्नुपर्नेमा टंकीसिनवारी गाविसका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
विराटनगरको विकास भएमा स्वत महानगरपालिका बन्नेमा सहभागीहरुले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर