RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आधुनिक नाटक घर बन्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७४, बिहीबार १३:२५
3
Shares
सुशीला पाठक
विराटनगर, १५ चैत / विराटनगर ८ आरोहण गुरुकुल परिसरमा नयाँ नाटक घरको निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । पूर्वाञ्चलमा नै पहिलो नमुना नाटक घरको अवधारणा लिएर नाटक घरको अहिले जग उठाइएको छ ।


भारतीय राजदुतावास र विराटनगर महानगरपालिकाको संयुक्त पहलमा नाटक घरको निर्माण कार्य भैरहेको हो । ३ करोड ५४ लाख ८० हजारको लागतमा नया नाटक निर्माण कार्यको जिम्मा खुश्बु निर्माण सेवा कम्पनीले लिएको छ ।

२०७४ जेठ मसान्तमा सम्झौता गरी निर्माण कार्य सुरु गरिएको नाटक घरको २०७६ असोज मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम द्रुत गतिमा भएको विराटनगर महानगरपालिको जनाएको छ ।

आरोहण गुरुकुलको नयाँ नाटक घरमा ४ सय जना अटाउने क्षमता रहनेछ । आधुनिक प्रविधिबाट निर्माण गरिने नाटक घर विराटनगरको मात्रै नभएर पूर्व क्षेत्रकै उत्कृष्ट नाटक घर हुने विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले जानकारी दिए । आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरब क्षेत्रीले १२ कट्ठा ३ धुरमा क्षेत्रमा नया नाटक घर निर्माण भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर