RUMPUM
animated ellipse animated ellipse

वार्षिक उत्सवमा पुस्तक विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०७४, सोमबार १७:४६
3
Shares
विराटनगर, ५ फागुन / ग्रामिण जागरण साप्ताहिक पत्रिकाको आठौ वार्षिक उत्सवको अवसरमा तराईमा रहेका वाँतर समुदायको चिनारी नामक पुस्तक विमोचन भएको छ ।

विराटनगरमा सोमबार आयोजित कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुस्तकको विमोचन गरेका हुन् ।

ग्रामिण जागरण साप्ताहिकका सञ्चालक एवं पत्रकार पदम सरदार द्धारा लिखित उक्त पुस्तकमा वाँतर सामुदायको विविध विषयहरु समेटिएको छ । मोरङ, सुनसरीलगयातको क्षेत्रमा मात्र बसोबास गर्ने बातर समुदायहरु तराईमा दलित तथा पछाडी पारिएको वर्गको रुपमा परिचत छ । पुस्तक विमोचन तथा वार्षिक उत्सव कार्यक्रममा सांसद जयराम यादव, कल्पना सरदार तथा पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बातर समुदायका अगुवा मोहनलाल सरदारले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर