RUMPUM
animated ellipse animated ellipse

वडाध्यक्षका उम्मेद्वारद्वारा सेवा सुविधा नलिने घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ जेष्ठ २०७४, बिहीबार २१:२८
3
Shares
उर्लाबारी, ४ जेठ / उर्लाबारी र साविक मधुमल्ला ७,८ र ९ नं. वडा समेटिएको हालको उर्लाबारी नगरपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्ष सहित सदस्य पदका उम्मेद्वारहरुले आ–आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
आज स्थानीय झारसाँदीमा एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष पदका उम्मेद्वार चेतराजसिंह श्रेष्ठको समूहले प्रतिबद्धता सार्वजनिक गरेको हो । स्थानीय स्तरको सामाजिक क्षेत्रमा उल्लेख्नीय योगदान पर्याउनु भएका श्रेष्ठले आफू बिजयी भएपछि वडाध्यक्ष पदको प्राप्त सेवा सुविधा सामाजिक काममै प्रयोग गर्ने बचनबद्धता जाहेर गरेका छन् ।
उर्लाबारी नगरपालिका भित्र ओझेलमा परेको १ नं. वडामा विद्यालय, खानेपानी, सिंचाई, विद्युतीकरण, नदि नियन्त्रणलाई पहिलो प्राथमिक्ता दिएर कार्य सञ्चालन गरिने उनको भनाई छ । लामो समयदेखि कम्यूनिष्ट आन्दोलनमा समर्पित भएका श्रेष्ठले यसअघि पदमै नभएर पनि स्थानीय स्तरका पूर्वधार निर्माणमा अग्रणि भूमिका निर्वाह गरिसकेका छन् । वडाध्यक्ष उम्मेद्वार श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको मुहार फेर्न कुनै कसर बाँकी नराखेको स्थानीय चित्र गौतमले बताएका छन् ।
उनका अनुसार उम्मेद्वार श्रेष्ठले स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान गर्नुका साथै विद्यालयको स्तरोन्नतिका लागि आर्थिक सहयोग प्रदान गर्दै आएका छन् ।
नेकपा एमालेसँग सो वडामा आफ्नो प्रमुख प्रतिस्पर्धा रहने बताएका श्रेष्ठले आफ्नो वडालाई बिकृति बिसंगति र भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्दो पहल गर्ने दाबी गरेका छन् । यसैबीच वडाध्यक्ष उम्मेद्वार श्रेष्ठसँगै सो वडाबाट सदस्य पदका उम्मेद्वारहरु तय गरेको छ । जस अनुसार, खुल्ला सदस्य पदमा बलबहादुर धिमाल, दुर्गाबहादुर राई, महिला सदस्यमा फूलमाया तामाङ र दलित महिला सदस्यमा पवित्रा विक माओवादी केन्द्रका आधिकारिक उम्मेद्वार रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर