RUMPUM
animated ellipse animated ellipse

रासायनिक मलका कारण मानव स्वास्थ्यमा असर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०७४, सोमबार १५:१०
3
Shares
गोपाल काफ्ले
लेटाङ, २३ साउन / रासायनिक मलका कारण बजारमा बिषादी युक्त तरकारी तथा खानेकुरा पाइरहेको कारण यसले मानव स्वास्थ्यमा असर पारिरहेको लेटाङ नगरपालिकामा  आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
अर्गानिक संसार नेपालेमोरङको लेटाङमा सोमबार आयोजना गरेको प्रांगारिक उत्पादन, बजारिकरण अन्तरक्रिया तथा जनचेतना अभियान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा जैविक मल उद्योगका प्रमुख कृष्णचन्द्र महर्जनले अर्यानिक खेतीले मात्र स्वच्छ र विसादीमुक्त खानेकुरा खान सकिने बताए । उनले अहिले बिसादीयुक्त खानेकुराले मानव स्वास्थ्यमा असर पुरियाएरहेको र सचेत नुहुने हो भने पछि यस्ले ठुला रोगहरु नित्याउने बताए । त्यसैले बेलैमा सचेत हुन स्थानियलाई सुझाब दिए । उनले अर्गानिक खेती र जैविक मलको बारेमा समेत सहभागीहरु किसानहरुलाई जानकारी गराएका थिए ।
९५ जना किसानहरुको सहभागिता रहेको उक्त कार्यक्रममा किसानहरुले अर्गानिक खेतीबाट  उत्पादन भएका अन्नवाली तथा तरकारीले राम्रो बजार नपाउँदा लगानी डुब्ने चिन्ता व्यक्त गरे । विचौलियाको कारण उत्पादन भएका खाद्यबस्तुले उचित मुल्य पाउन नसकेको उनीहरुको भनाई थियो । सबै किसान समक्ष अर्गानिक खेतीको महत्व बुझाउन सिप तथा तालिमहरुको कार्यक्रमहरु ल्याउन नगरपालिकालाई अनुरोध ग¥यो  ।
उनीहरुले सरकारले उपलब्ध गराउने ऋण ठुला ठाउकाँ र पहुँचवालाले मात्र पाउने गरेको कारण गाम्रीण क्षेत्रका किसानहरुले सुविधा पाउन नसकेको गुनासो गरे ।
कार्यक्रमका प्रमुख अतिथी लेटाङ भोगटेनी नगरपालिकाका मेयर शंकर राईले किसानहरुले आफ्नो समिति गठन गरेर बिभिन्न योजनाहरु सहित कार्यक्रम लिएर आए आफु र नगरपालिकाले पनि सहयोग गर्न तत्पर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर