RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर १ बाट छ जना निर्विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७४, सोमबार १९:३०
3
Shares
विराटनगर, १५ माघ/ राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर १ बाट छ जना निर्विरोध भएका छन् ।

प्रदेश नम्बर १ बाट महिला तर्फ ३ जना र अन्य तर्फ तीन जना निर्विरोध भएका हुन् । महिला कोटामा माओवादी केन्द्रकी बिना पोखरेल, एमालेबाट नैनकला ओझा र नेपाली कांग्रेसबाट सरिता प्रसाई निर्विरोध भएका थिए । अन्य तर्फ एमालेका पर्शुराममेघी गुरुङ, हरिचरण शिवाकोटी र कांग्रेसबाट उम्मेद्वारी दर्ता गराएका रमेशचन्द्र रायमाझी निर्विरोध भएका हुन् ।

राष्ट्रिय सभाकालागि दलित तर्फ नेपाली कांग्रेसबाट विनकुमार विश्वकर्मा र एमालेबाट खेम नेपाली र अल्पसंख्यकमा कांग्रेसबाट महेश जाजु र एमालेबाट अगमप्रसाद बान्तवा राई प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर