RUMPUM
animated ellipse animated ellipse

राम्रो शिक्षा प्रदान गर्न जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ पुष २०७३, शनिबार १८:५१
3
Shares
१६ पुस,विराटनगर / प्रारम्भिक तहका विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न परिवर्तित समय अनुसारको सन्दर्भ सामाग्री र विधि प्रयोग गर्न सके मात्र उपलब्धी हासिल हुने सरोकारवालाहरुले बताएका छन ।
विराटनगरमा प्लान नेपालको सहयोगमा जिल्ला शिक्षा कार्यालय मोरङ र सेतो गुरास मोरङले आयोजनाका गरेको प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग विधि सम्बन्धी सात दिने तालिमको समापनका अबसरमा सहभागिहरुले पढाउने मात्र नभई प्रतिस्पर्धी बनाउने आजको शिक्षाको जोड हुनुपर्ने बताए ।
उनिहरुले गुणस्तरिय शिक्षाको लागि सन्दर्भ सामाग्री र विधी उत्तम उपाय भएको बताएका छन । सो अबसरमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्टले घोकाएर भन्दा पनि ब्यवहारिक तरिकारले शैक्षिक सामाग्री प्रयोग गरेर पढाउन सके मात्र उध्येश्य हासिल हुने बताए । प्लान नेपाल मोरङ सुनसरी प्रमुख कालभान राइले पढाउनु भन्दा पनि प्रतिस्पर्धी बनाउनु अहिलेको चुनौती रहेको भन्दै शिक्षकहरु संगै शिक्षण विधि र सन्दर्भ सामाग्रीको ठुलो भुमिका हुने बताए ।
त्यसैगरी मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालले विद्यार्थीको जग भनेको प्रारम्भीक तह भएकोले शिक्षकहरुले पनि यो तहमै धेरै मेहनत गरेर ज्ञान दिन जरुरी रहेको बताए । तालिममा मोरङका विभिन्न सरकारी विद्यालयका २४ जना प्रारम्भिक तहका शिक्षक शिक्षिकाको सहभागिता रहेको सेतो गुरास मोरङ प्रमुख सरु केसीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर